१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै
अ अ+ अ-

गोदावरी । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ । चिनियाँ कम्पनीले निर्माण गरिरहेको केन्द्रका भौतिक संरचना निर्माणले गति लिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ ।

एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा उक्त केन्द्र निर्माणका लागि चीनको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्पलेक्ससँग विसं २०७९ साउन २ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो ।

केन्द्र निर्माणका लागि रू ५१ करोड ६९ लाख ७४ हजार चार सय ९९ मा ठेक्का सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताउनुभयो । उहाँका अनुसार हाल उक्त केन्द्रमा कम्पाउण्ड, फोहर फाल्ने ब्लक, फोहर प्रशोधनयन्त्रलगायत संरचना निर्माण भइरहेका छन् ।

फोहरमैला व्यवस्थापन केन्द्रमा घरबाट फोहर सङ्कलन गर्नेदेखि लिएर डिस्पोजल गर्ने, प्युरिफाइ गर्ने र कुहिने फोहरबाट मल बनाइने तथा प्राङ्गारिक मल उत्पादन गरिने बताइएको छ ।

सो परियोजनालाई ५० वर्षसम्म प्रयोग गर्न मिल्नेगरी योजना ९डिजाइन० गरिएको सूचना अधिकारी कलौनीको भनाइ छ । केन्द्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

एसियाली विकास बैँक (एडीबी)को सहुलियत ऋण सहयोगमा क्षेत्रीय सहरी विकासमार्फत धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ ।

भीमदत्त नगरपालिकाले केन्द्र निर्माणका लागि अहिलेसम्म जग्गा प्राप्त गर्न नसकेकाले काम अघि बढ्न नसकेको आयोजना कार्यालयले जनाएको छ । रासस