५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कपः मानेभन्ज्याङ्ग एफसीलाई ५–० गोलले हराउँदै मछिन्द्र फाइनलमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । मछिन्द्र एफसी केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा भारतको मानेभन्ज्याङ्ग एफसीलाई ५–० गोल अन्तरले हराउँदै मछिन्द्र फाइनल प्रवेश गरेको हो ।

मछिन्द्रले २६ औं मिनेटमा बिमल घर्तिमगरको गोलबाट खेलमा अग्रता लिएको थियो । २८ औं मिनेटमा स्टेफन बियोङले मछिन्द्रको अग्रता दोब्बर बनाए ।

यस्तै, हिसुब थपलियाले ३६ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा मछिन्द्र ३–० ले अघि बढ्यो । दोस्रो हाफमा देबेन्द्र तामाङले र इन्जुरी समयमा आयुश घलानले गोल गर्दै मछिन्द्रलाई फराकिलो जित दिलाए ।

साविक विजेता समेत रहेको मछिन्द्रले उपाधिका लागि शनिबार न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । न्युरोड टिम एनआरटीले आजै भएको पहिलो सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

फाइनल खेल दशरथ रंगशालामा शनिबार हुनेछ ।