८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कपः मानेभन्ज्याङ्ग एफसीलाई ५–० गोलले हराउँदै मछिन्द्र फाइनलमा



अ+ अ-

काठमाडौं । मछिन्द्र एफसी केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा भारतको मानेभन्ज्याङ्ग एफसीलाई ५–० गोल अन्तरले हराउँदै मछिन्द्र फाइनल प्रवेश गरेको हो ।

मछिन्द्रले २६ औं मिनेटमा बिमल घर्तिमगरको गोलबाट खेलमा अग्रता लिएको थियो । २८ औं मिनेटमा स्टेफन बियोङले मछिन्द्रको अग्रता दोब्बर बनाए ।

यस्तै, हिसुब थपलियाले ३६ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा मछिन्द्र ३–० ले अघि बढ्यो । दोस्रो हाफमा देबेन्द्र तामाङले र इन्जुरी समयमा आयुश घलानले गोल गर्दै मछिन्द्रलाई फराकिलो जित दिलाए ।

साविक विजेता समेत रहेको मछिन्द्रले उपाधिका लागि शनिबार न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । न्युरोड टिम एनआरटीले आजै भएको पहिलो सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

फाइनल खेल दशरथ रंगशालामा शनिबार हुनेछ ।