२७ श्रावण २०८३, बुधबार
,
Latest
कोलम्बिया भूकम्पः मृतकको सङ्ख्या १८८ पुग्यो, उद्धार र राहत कार्य जारी इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही लिबियाको जाविया तेल प्रशोधन केन्द्रमा आक्रमण, इन्धन ट्याङ्कीमा भीषण आगलागी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै कालीगण्डकीको कटानले जोखिममा पुल डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो ।

सामाजिक अभियन्ता बताउने वाइबालाई वुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको थियो ।

कलाकार खतिवडाले आफूलाई कुटपिट गरेको भन्दै उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता गराएका थिए । पवनले शर्मिला वाइबा, पत्नी सुम्निमा खालिङ र बहिनी गंगा मिलेर उनी बसेको घरभित्रै गएर हातपात गरेको आरोप लगाएका छन् । पक्राउ परेपछि वाइबाले भने आफूले कुटपिट नगरेको बताएकी छिन् ।

पवनको पत्नी सुम्निमासित विवाद चलिरहेको छ ।