१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

कैदीबन्दीको बिलौना: ढाकाटोपी बिक्री नहुँदा कारागारमै थन्कियो

कैदीबन्दीको बिलौना: ढाकाटोपी बिक्री नहुँदा कारागारमै थन्कियो
अ अ+ अ-

खोटाङ । जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गर्छन् ।

विभिन्न मुद्दामा जेल भुक्तान गरिरहेका कैदीबन्दीलाई सिर्जनशील तथा व्यावसायिक बनाउन विभिन्न दातृ निकायले नि:शुल्क औजारसमेत उपलब्ध गराएका छन् । दातृ निकायले उपलब्ध गराएको घरेलु तथा आधुनिक औजार प्रयोग गरेर उनीहरूले धागोबाट निर्माण गरिने ढाकाटोपी, रुमाल, सल र पर्स, बाँसका चोयाबाट निर्माण गरिने नाङ्लो, डालो, फिपी तथा बाँसकै भाटाबाट निर्माण गरिने मुडा, कुर्सी, टेबललगायतका घरायसी सामग्री उत्पादन गर्छन् ।

कैदीबन्दीले उत्पादन गरेका सामग्रीमध्ये बाँसका सामग्रीले राम्रो बजार मूल्य पाउने गरे पनि ढाकाटोपी तथा सल र पर्स भने बिक्री नभएको गुनासो आउने गरेको जेलर सोमप्रसाद आचार्यले बताउनुभएको छ । “जिल्ला कारागारमा एक सय ५६ जना कैदीबन्दी छन् । उनीहरू सबैजना केही न केही व्यावसायिक काममा आबद्ध छन् । धागोका काम गर्ने ४५ देखि ५० कैदीबन्दी छन् । उनीहरूले उत्पादन गरेका ढाकाटोपी बिक्री भएको छैन भन्ने छ”, उहाँले भन्नुभयो, “बजारमा सस्तो मूल्यको रेडिमेड (तयार गरिएको) ढाकाटोपी पाउँछ । कारागारका कैदीबन्दीले उत्पादन गरेजस्तो गुणस्तरीय पनि छैन । तर मान्छेले सोही सस्तो मूल्यको ढाकाटोपी खरिद गर्दा कारागारका कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपी बिक्री नभएको हो भन्ने हाम्रो ठम्याइ छ ।”

आफूहरूले उत्पादन गरेका ढाकाटोपी प्रतिगोटा फरक–फरक गुणस्तरको फरक–फरक मूल्य रु तीन सय, छ सय र आठ सयमा बिक्री गर्ने गरिएको कैदीबन्दीले बताएका छन् । जबकि, कारागारका कैदीबन्दीले उत्पादन गरेका सोही ढाकाटोपी दिक्तेल बजारमा सञ्चालित टेलर्स सञ्चालकले रु एक हजार पाँच सयसम्ममा बिक्री गर्दै आएका छन् ।

कारागारमा रहेका कैदीबन्दीमध्ये ४३ जनाले ढाकाटोपी, सल र पर्स पाँच–पाँच जना तथा रुमाल तीन जनाले बुन्ने गरेको जनाइएको छ । उनीहरूले उत्पादन गरेका ढाकाटोपी दिक्तेल बजारका विभिन्न पसल, त्रिधार्मिकस्थल हलेसी, ऐसेलुखर्क लगायतका हाटबजारमा व्यापारीहरूले बिक्रीका लागि लैजाने गरेका छन् । यद्यपि त्योभन्दा सस्तो मूल्यमा बाहिरबाट आउने कम गुणस्तरको रेडिमेड टोपीका कारण कारागारका कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपीले बजार नपाएको जनाइएको छ ।

कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपी बिक्रीका लागि आफूहरूले समेत बजार तथा ग्राहक खोजी गरिदिने गरेको जेलर आचार्यले बताउनुभएको छ । कारागार अनुगमन तथा भेटघाटका लागि आउनेलाई चिनोका रूपमा कैदीबन्दीले नै उत्पादन गरेका ढाकाटोपी खरिद गरेर दिने गरिएको जेलर आचार्यको भनाइ छ ।

आफूहरूले उत्पादन गरेका ढाकाटोपी बिक्री नभएपछि करिब तीन हजार थान गोदाममा थन्कयाएर राखिएको चौकीदार कर्णबहादुर बस्नेतले बताउनुभएको छ । “अधिकांश कैदीबन्दी सिर्जनशील तथा व्यावसायिक काममा आबद्ध छौँ । तर हामीले उत्पादन गरेका सामग्रीले बजार नपाउँदा समस्या भएको छ । परिबन्दले हामी जेलजीवन बिताउन बाध्य छौँ । हाम्रा पनि घरपरिवार छन् । उनीहरूको गर्जो टार्नकै लागि भए पनि व्यावसायिक काम गर्छौँ । तर बिक्री नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्न सबैको सहयोग आवश्यक छ । यसमा स्थानीय तथा सङ्घीय सरकारले समेत ध्यान दिन जरुरी छ ।”

कारागारमा रहेका कैदीबन्दीमध्ये बाँसका सामग्री निर्माण गर्ने कैदीबन्दीले भने राम्रो आम्दानी गर्ने गरेको जेलर आचार्यले बताउनुभएको छ । “कैदीबन्दीले उत्पादन गरेका बाँसका सामग्री जिल्लाभित्र तथा बाहिरसमेत निर्यात हुने गरेको छ । उनीहरूले उत्पादन गरेका बाँसका सामग्रीमध्ये पनि सबैभन्दा बढी मुडा बिक्री हुने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “मुडा उत्पादन गर्ने कैदीबन्दीलाई भ्यानभ्याई भएको देखिन्छ । उनीहरूले पकेट खर्च गरेर पनि मासिक रु सात–आठ हजार बचत गर्ने गरेको पाइएको छ ।”

बाँसको सिन्का ९भाटा खिपेर निर्माण गरिने सानो आकारको डण्डी० बाट निर्माण गरिने १७ इन्चको मुडा रु छ सय, १८ इन्चको रु सात सय र २४ इन्चको रु एक हजार दुई सयमा बिक्री गर्दै आएका छन् । कारागारमा बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री बनाउने कैदीबन्दी ३५ जना रहेका छन् । कैदैबन्दीमध्ये कतिपयले काठका फर्निचरसमेत निर्माण गर्ने गरेका छन् । उनीहरूले बाहिरबाट खरिद गरेर ल्याइएका काठबाट टेबल, कुर्सी, दराजलगायतका सामग्री निर्माण गरेर बिक्री गर्ने गरेको कारागारले जनाएको छ ।

महिला ३३ र पुरुष ६६ जनागरी ९९ जना कैदीबन्दीका लागि निर्माण गरिएको कारागारमा अहिले महिला छ जना तथा पुरुष एक सय ५० जना रहेका छन् । दिक्तेलस्थित थामखोरेमा रहेको जिल्ला कारागारको भवन तथा पर्खाल जीर्ण छ ।