७ मंसिर २०८१, शुक्रबार
,
Latest
चीन भ्रमण सफल हुन्छः प्रधानमन्त्री २०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौंः प्रधानमन्त्री चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागुः विदेश मन्त्रालय सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल दुर्गा प्रसाईंले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न सन्देश सभाः बचन देउजा निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाबुबा बन्दै दीपिका र रणवीर



अ+ अ-

एजेन्सी । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह आमाबुबा बन्ने भएका छन् ।

सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै उनीहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका हुन् ।

दीपिकाले इन्स्टाग्राममा सेप्टेम्बर २०२४ लेख्दै एक पोष्ट गरेकी छिन् । दीपिकाले पोस्टमा पति रणवीरलाई पनि ट्याग गरेकी छिन् । उक्त पोस्टरमा बच्चाको लुगा देखाइएको छ ।

दीपिका र रणवीरले ५ वर्षको प्रेम सम्बन्धपछि सन् २०१८ मा विहे गरेका थिए। दुवैको पहिलो भेट फिल्म ‘गोलियों की रासलीला स् रामलीला’ को सेटमा भएको थियो । यी दुईले ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा सँगै काम गरेका छन् ।