१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १: प्रदेशसभाको बैठक बस्दै, आज अविश्वासको प्रस्ताव टेबल हुने



अ+ अ-

विराटनगर । प्रदेश १ को प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्दैछ । आज बस्ने भनिएको प्रदेशसभाको बैठकलाई रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई मुख्यमन्त्री शेरधन राईको तर्फबाट दबाब आएको बताईएको छ । तर सभामुख भण्डारीले भने यस्को अस्वीकार गरेका छन्।

गत माघ २५ को बैठकमा मुख्यमन्त्रीराईमाथीको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो तर सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए।

संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेकपा (ओली समूह)ले बैठक अवरुद्ध गर्ने बताएका छन् । तर नेकपा प्रचण्ड“माधव समूहले भने आजको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्नैपर्ने बताएका छन् । तर सभामुखले आज अविश्वास टेबल हुने मुख्यमन्त्री निकट स्रोतले बताएका छन् ।