१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

सांसद अर्यालको प्रश्न: सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित नै बस्नुपर्ने हो ?

सांसद अर्यालको प्रश्न: सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित नै बस्नुपर्ने हो ?
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित रहनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले जनताले बनाएका संरचनाहरुमा प्रयोग हुने छडजन्य सामग्रीहरुको गुणस्तर मापन हुन नसकेको बताउनु भयो । उहाँले सरकारले बनाउने संरचनामा गुणस्तर पास नभएका सामग्रीहरु नागरिकहरुले संरचना बनाउँदै प्रयोग भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले जनतालाई गुणस्तरहीन सामग्रीहरु बेच्नेकुरा सरकार बिहीन जस्तो अनुभुति भएको बताउनु भयो । उहाँले सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति आएको पनि बताउनु भयो । गुणस्तरहीन सामग्रीहरुको प्रयोग बन्द गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले मजदुरलाई गरेको व्यवहारले धेरै नै दूरगामी असर पर्नेछ । कुनै पनि देशको नागरिक किन नहोस् यो देशमा आएर काम गरिसकेपछि त्यो नागरिकमाथि हताहत हुन्छ भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्नेमा हामीले गुपचुप राख्छौँ भने यति संवेदनशील विषय समितिमा उठ्छ भने यो विषयमा बहुत संवेदनशील भएर ध्यान दिनुपर्छ । जो व्यक्तिको मृत्यु भएपनि जुन देशको नागरिक किन नहोस्, यो देश भित्र आएर कलकारखानामा काम गरिरहेको छ भने ती कर्मचारीलाई दिनुपर्ने ध्यान दिनुपर्छ ।’

‘वातावरणको कुरा छ, विश्वबाटै लोप हुन लागेको प्रविधि हामी अझै अघि बढाउँदैछौँ भनेपछि अर्को संवेदनशील छ । जसले प्रदुषणमा समस्या पारेको छ । जनताले प्रयोग गर्ने चिज हामीले त्यसलाई मापदण्डमा क्वालिटीमा ध्यान दिएका छैनौँ । र सरकारले बनाउने संरचनामा पास हुँदैन । सरकारले बनाउने संरचनामा त्यो पास हुँदैन, अरु ल्याएर बनाउने, अनि जनतालाई जे पनि बेच्ने भनेपछि त यो राज्य नभएको, सरकार नभएको जस्तो भयो । सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति भयो । यहाँहरु निर्मम हुनुपर्छ, यहाँहरुले बन्द गरिदिनुपर्छ त्यस्ता गुणस्तरहीन छन् भने ।’

उहाँले नेपालमा आइ काम गरिसकेपछि मजदुरहरुलाई राज्यले गर्ने व्यवहारले दूरगामी असर पर्ने भन्दै सोबारेमा पनि आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो ।