• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ?

उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक हुँदै



काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ ।

कार्यक्रमअन्तर्गत आयोगले यही फागुन २८ गते मतदाता नामावली आगामी चैत २२ गते अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । इलाम क्षेत्र २ को प्रतिनिधिसभा सदस्य र बझाङ (क)को प्रदेशसभा सदस्यको रिक्त पदमा उपनिर्वाचनको मिति निर्धारण भएको छ ।

आयोगले मतदाता नामावलीमा रहेका त्रुटि सच्च्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुठा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन यही फागुन २९ गतेदेखि आगामी चैत ५ गतेसम्मको अवधि निर्धारण गरिएको छ ।

प्राप्त निवेदन, सूचना र उजुरीउपर कानुनबमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस