१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तु काठमाडौं सम्पर्क मञ्चको संयोजकमा विशाल गैरे निर्वाचित



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट कपिलवस्तु काठमाडौं सम्पर्क मञ्चको जिल्ला अध्यक्षमा युवा नेता विशाल गैरे निर्वाचित भएका छन् । आइतवार काठमाडौंमा सम्पन्न भेला तथा अधिवेसनबाट नेकपा कपिलवस्तु जिल्ला कमिटी सदस्य समेत रहेका गैरेको संयोजकत्वमा ५१ सदसीय नयाँ जिल्ला कमिटी चयन गरिएको छ ।

युवा नेता विशाल गैरे बिगत १ दशकदेखि साविकको नेकपा एमाले र कम्युनिष्ट पार्टीका बिभिन्न कमिटीमा काम गरेको अनुभव छ । युवा उद्यमशीलता, दिगो विकासका क्षेत्रमा बिज्ञता राख्ने गैरे युवा ब्यवसायी पनि हुन् । नयाँ कमिटीलाई नेकपाका स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले निर्वाचीत भएको प्रमाण पत्र हस्तान्त्रण गरेका थिए ।

सोहि समारोहमा बोल्दै मन्त्री ज्ञवालीले लामो समय पार्टी नेतृत्वमा बसेर सक्षम नेतृत्व प्रदान गर्न नसकेका नेताहरुको कुर्सीमोहका कारण नेकपामा समस्या उत्पन्न भएको बताए । पार्टीभित्र निकै ठुलो जाम रहेको र नेतृत्व हस्तान्तरणको कुरा प्रधामन्त्री ओलीले गर्दा केहि नेताहरु सडकमा तमासा देखाइरहेको मन्त्री ज्ञवालीको आरोप थियो । सोहि समारोहमा राष्ट्रिय सभा सदस्य समेत रहनु भएका नेकपा केन्द्रीय कमिटि सदस्य एवं कपिलवस्तु सह – इन्चार्ज बिमला घिमिरेले राजनीतिक स्थायीत्व र दिगो विकासका लागि ताजा जनादेश आजको आवश्यकता भएको बताए ।

लुम्विनी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष ठानेश्वर बस्यालले नयाँ युवाहरुमा राजनीतिमा सहभागी भए मात्र मुलुकको समृद्धि सम्भव छ रहेको बताए । सम्मेलनले संयोजकमा विशाल गैरे, सह संयोजकमा कमला बराल भुसाल र सचिवमा पुष्कल पन्तलाई चयन गरेको छ । १७ सदसीय सचिवालय र ५१ सदसीय जिल्ला कमिटी चयन गरेको मञ्चले पत्रकार सम्मेलनमार्फत भेलाका निणर्यहरु सार्वजनिक गरेको थियो ।