३ पुष २०८२, बिहीबार
,
Latest
निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना संक्रमण, मृत्यु शून्य



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टा नेपालमा कोरोना भाइरसबाट थप ८० जना संक्रमित भएका छन् ।

यो समेत गरी नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ। त्यस्तै काठमाडौं उपत्यकामा ४९ जनामा कोरोना संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । हालसम्म मृत्यु हुने संक्रमितको संख्या २ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ सय २१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ ।