१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीद्वारा सिद्धार्थ केवलकारको शिलान्यास



अ+ अ-

बुटबल ।ऐतिहासिक, पुरातात्विक र पर्यटकीय बुटवल नगरीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालनमा आउने सिद्धार्थ केवलकारको आईतबा र शिलान्यास गरिएको छ ।  केवलकारको  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्नुभएको हो । 

अर्थमन्त्री पौडेलले विकासका दृष्टिले रुपन्देहीलाई मुलुककै नमूना जिल्लाका रुपमा स्थापित गरिने बताउनुभयो । उहाँले जिल्लालाई नमूना जिल्लाका रुपमा स्थापित गर्न सबैको साथ र सहयोग हुनुपर्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका मुद्दामा सबै एकताबद्ध भएर उभिने सङ्कल्प गराँै ।”

अर्थमन्त्री पौडेलले विकासको महत्वपूर्ण पाठशाला रुपन्देही बनेको भन्ने सन्देश यहाँ सञ्चालित ठूलाठूला आयोजनाहरूले दिएको पनि बताउनुभयो । विकास सिक्न र पढ्नका लागि जानुपर्ने जिल्लाका रुपमा रुपन्देही स्थापित भइसकेको चर्चा गर्नुभयो ।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रको लगानीमा निर्माण हुने आयोजना राष्ट्रका गौरव रहेको उल्लेख गर्दै आयोजना समयमा सम्पन्न गर्न सरकारी क्षेत्रबाट पर्याप्त सहयोग रहने बताउनुभयो । उहाँले रुपन्देहीमा विकासका महत्वपूर्ण आयोजनाहरू निर्माणका क्रममा रहेको बताउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको र अब दोस्रो चरणको अत्याधुनिक विमानस्थलको काम शुरु हुने बताउनुभयो । 

अर्थमन्त्री पौडेलले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र पूरा गर्न सरकारले आवश्यक बजेटको समेत ब्यवस्था गरेको बताउनुभयो । यस्तै बेलहिया बुटवल छ लेन सडक निर्माण सम्पन्नसँगै बुटवल राजमार्ग चौराहादेखि चिडियाफेदीसम्मको सडक विस्तारको काम शुरु भएको बताउनुभयो । 

अर्थमन्त्री पौडेलले सिद्धबाबामा सुरुङ मार्ग निर्माणको प्रक्रियाका लागि केही साताभित्रै टेन्डर आह्वानको तयारीमा रहेको, बुटवल पोखरा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको काम अघि बढाइने बताउनुभयो । यस्तै बुटवल नारायणघाट राजमार्गको कामले तीव्रता पाएको र सरकारले बुटवल गोरुसिङ्गे राजमार्गको स्तरोन्नतिका लागि डिपिआर निर्माणका क्रममा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले केवलकार निर्माण र सञ्चालनपछि भौतिक पूर्वाधारको विकाससँगसँगै आर्थिक गतिविधि पनि बढ्ने बताउनुभयो । 

उक्त केवलकार रु करीब ८० करोडको लगानीमा निर्माण हुन गइरहेको र यसको निर्माण पश्चात बुटवलको पर्यटन व्यवसायलाई गति दिने विश्वास पर्यटन व्यवसायी तथा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालको छ ।

बुटवल तथा यस आसपासका व्यवसायीको लगानी रहेको यो परियोजना १८ महिनाभित्र पूरा हुने विश्वास गरिएको सिद्धार्थ केवलकार प्रालिका अध्यक्ष इं राजेन्द्रसिंह गुरुङले जानकारी गराउनुभयो । यसमा २५ वटा गण्डोल हुने र दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने र एकतर्फीरुपमा जान वा आउन आठ मिनेटको समय लाग्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

यो केवलकार निर्माणका लागि भारतको कलकत्तामा रहेको कन्वेयर एन्ड रोप वे सर्भिसेजसँग सम्झौता भइसकेको छ । यो परियोजनामार्फत बुटवल टेक्निकल इन्स्टिच्युटले प्रविधि भित्र्याउँदै छ । “हामीले प्रविधि भित्र्याउने मात्र हैन जनशक्ति उत्पादन गर्नका लागि पनि आवश्यक तयारी गरेका छौँ”, इन्स्टिच्युटका कार्यकारी निर्देशक पिएल श्रेष्ठले भन्नुभयो । यसअघि बुटवलबाट पाल्पाको वसन्तपुरका लागि लुम्बिनी केवलकारको एक साताअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।-रासस
–––