१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिरमा देश र मनमा मधेशलाई राखेर काम गर्छु –प्रदेश प्रमुख झा



अ+ अ-

जनकपुर । नवनियुक्त प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश झाले आईतबार पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख झाले कार्यालयमा पदभार ग्रहण गरेपश्चात् जनकपुरका सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै शिरमा देश र मनमा मधेशलाई राखेर देश, जनता र संविधानलाई पहिलो प्राथमिकतामा राखेर कामकाज गर्ने बताउनुभयो ।

उहाँले देश भक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश नं २ को सेवा गर्ने मौका पाएकामा खुशी व्यक्त गर्दै विविधतालाई अवसरका रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति सद्भाव, प्रेम राख्दै प्रदेशलाई नमूना प्रदेश बनाउन आफ्नो सुझबुझ भ्याएसम्मको प्रयास गर्ने बताउनुभयो ।

प्रदेशप्रमुख झाले यस प्रदेश र प्रदेशवासीको समृद्धिका लागि आफूले भूमिका खेल्ने बताउँदै प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा अग्रसर रहने बताउनुभयो ।
 उहाँले देशसहित समृद्ध प्रदेश निर्माणका लागि आवश्यक पर्ने तत्वहरू सुशासन, साझापना, सबलीकरण र सहकार्यको विकल्प नरहेकाले कतिपय पक्षमा तत्काल सुधारको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।