२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समाज कल्याण परिषद्को माध्यमबाट आउने वैदेशिक सहायताको स्पष्ट मापदण्ड बनाउन जरुरी’



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले समाज कल्याण परिषद्को माध्यमबाट आउने वैदेशिक सहायताको स्पष्ट मापदण्ड बनाउन जरुरी रहेको बताउनुभएको छ ।

मंगलवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको लागि आवश्यक नभएका सहायताहरु स्वीकार गर्न नहुनेतर्फ पनि परिषद्को ध्यानाकर्षण गराउनु भयो । उहाँले धर्मको प्रचारबाजी गर्ने लगायतका सहायता पनि समाजकल्याण परिषद्बाट स्वीकृत भइरहेको भन्दै त्यसको आवश्यक नियमन र निगरानी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कानूनमा पर्याप्त व्यवस्था नभएको भए कानून संशोधन गरेर भएपनि समाज कल्याण परिषद्बाट कस्ता किसिमका सहायताहरु स्वीकृत हुने भन्ने बारेमा स्पष्ट खाका बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाज कल्याण परिषद्का सदस्यसचिवज्युले भन्नुभयो, परियोजना लिएर आएका छौँ । परियोजना लिएर आएका छाँै की आएको छ । परियोजनमा गज्जव के देखिन्छ भने संघसंस्थाहरुको विवरणमा पानी वितरण भन्नुभएको छ । यो अब खानेपानी संस्थान त होइन होला । यसको काम भित्र यो पर्ने हो की ? विभिन्न संघसंस्था यसमा दर्ता हुन्छन् की हुँदैनन् । दर्ता भएका छन् की छैनन् ? परिवार नियोजन नै यसमा दर्ता हुने हो ? रेडक्रस हुन्छ की हुँदैन ? तिनीहरुको मनिटरिङ कसले गर्दछ ? यो छाता र माउ संगठन हो भने ? यि चिजहरु के हुँदैछन् ।

रेडक्रसका कुनकुन गाडीहरु कहाँ छन् ? परिवार नियोजनका कहाँ छन् ? तिनीहरुको चुनावी प्रक्रिया के भइरहेको छ ? त्यसमा मनिटरिङको कुरा कानूनी अभावको कुरा केही महशुस गर्नुभएको छ की छैन ? जुन संस्थाले अनुगमन गर्छु भन्छ, तर त्यसको रिपोर्ट कहाँ पेश हुन्छ । देशको लागि आवश्यक नै नभएको कुरा स्वीकार गर्ने भनेको त कोच्याएको जस्तो भयो । आवश्यक भएको कुरा सरकारसँग छलफल गरेर स्वीकार गर्नु एउटा कुरा हो । यसको के प्रयोजन रहन्छ । खेतमा गएर मानिसले कुनै धर्मको प्रचार गरिरहेको छ, त्यो कहाँबाट आएको पैसाले भयो । त्यसको मनिटरिङ कसले गर्ने ? केमा हामी लिन्छौँ, केमा हामी लिँदैनौँ, यसको स्पष्ट मापदण्ड बनाउने की नबनाउने ? बनाउनुपर्छ । कानूनको संशोधन आवश्यक छ भने कानूनी संशोधन गर्नुपर्छ । पुरानो कानूनले चल्दैन भने आजको आवश्यकतालाई महशुस गर्नेगरी परिमार्जन गर्नुपर्छ ।’

सांसद बाँस्कोटाले आजको आवश्यकतालाई महशुस गर्नेगरी समाज कल्याण परिषद्सँग सम्बन्धित कानून परिमार्जन गर्न जरुरी रहेको बताउनु भयो ।