२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने काम गर्योः अध्यक्ष लिङदेन



अ+ अ-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक क्षेत्रलाई चोख्याउने काममा लागेको बताउनुभएको छ । मंगलवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेताहरुलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गर्नुभयो । उहाँले अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय राजनीतिक दलहरुलाई उन्मुक्ति दिने र कर्मचारीलाई थुन्ने परिपाटीले नागरिकलाई दिने सेवा सुविधानमा झनै ढिलासुस्ती हुन थालेको बताउनु भयो । उहाँले टेरामक्स प्रविधिमा झन्डै एक खर्ब राजश्व हिनामिना भएको भनिएपनि अहिलेसम्म कुनै ठोस निर्णय हुन नसकेको प्रति गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘टेरामक्स भन्ने एउटा प्रविधि हो । कतिलाई त थाहा पनि छैन । अलि सस्तोमा आउनुपर्ने चिज अलि बढीमा तोकेर ल्यायो वा राम्रो ल्याउनुपर्ने कमसल ल्यायो होला, त्यसलाई त तुरुन्तै कारबाही गर्नुप¥यो । त्यो प्रविधि त चाहियो नि । टेरामक्स भित्र्याउन क्रममा भएको भ्रष्टाचारको कुरा मात्रै होइन नि । त्यो प्रविधि नभएको कारणले झन्डै एक खर्ब राजश्व हिनामिना भएको भन्ने अनुमान छ । गुणस्तरीय सेवा हामीले पाएका छौँ की छैनौँ भन्ने थाहा छैन ।

एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका कम्पनीहरुको आम्दानी घटेको देखाइएको छ, तर खासमा घटेको हो की होइन, भन्नेकुरा नाप्ने र हेर्ने कुनै निकाय छैन । हामीले त कारबाही गर्नेलाई गर्ने र अर्को प्रविधि भित्र्याउने बाटो खोल्नुपर्ने हो । त्यस्तो कुराहरुमा अख्तियारको ध्यान पुग्न सकेको छैन । अहिले मानिसहरुको उजुरी गर्ने, भ्रष्टाचार भयो, अन्याय भयो भन्ने ठाउँ अख्तियार, तर अख्तियार पछिल्लो दिनमा गएर राजनीतिक क्षेत्रलाई चोख्याउने कर्मचारीलाई थुनेर अहिले बल्ल सचिवसम्म पुगेर त्यो पनि कर्मचारीलाई तह लगाउनसक्नेसम्म देखिएको छ । यसले ४४ बुँदे, निर्देशन मात्रै होइन, अब काम गर्दा कर्मचारी परिन्छ, नेता पर्ने होइन, आदेश दिने नेता, नेता उम्किने, र कर्मचारी थुनिने भएपछि हामीले कर्मचारीफाइल किन पठाउने ? भन्ने छ । झनै ठूलो नोक्शानी र काममा ढिलासुस्ती भएको छ ।’

उहाँले दोषीलाई कानूनको दायरामा ल्याउन अख्तियारलाई केले रोकेको हो ? भन्दै प्रश्न गर्नुभयो ।