२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि



अ+ अ-

काठमाडौं । विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये खोप अभियान सुरु गर्नेमा नेपाल पनि परेको छ। दक्षिण एसियामा अहिलेसम्म नेपालसहित बंगलादेश, भारत र श्रीलंकाले खोप अभियान सुरु गरेका छन्। पाकिस्तान, भुटान र अफगानिस्तानमा खोप अभियान सुरु हुन सकेको छैन।

नेपालमा सरकारको तयारी र भारत सरकारको सहयोगका कारण खोप अभियान छिटै सुरु हुन सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ बताउँछन्। ‘मुख्य कुरा, हाम्रो तीव्र तयारी नै हो, जसका कारण खोप अभियान समयमै चलाउन सफल भयौं’, उनले भने।पहिलो चरणमा नेपालले भारतबाट २० लाख डोज खोप खरिद गरिसकेको छ। त्यसमध्ये १० लाख डोज आइतबार नेपाल आइसकेको छ भने थप १० लाख डोज दुई साताभित्र नेपाल आइपुग्ने कोभिड १९ विरुद्धको खोप अभियानका संयोजक डा। श्यामराज उपे्रतीले बताए।

 नेपालले कोभ्याक्सले दिने २० प्रतिशत खोप आउनुअघि नै एक प्रतिशत जनसंख्यालाई खोप दिने स्थिति देखिएको छ। ‘हामीले कोभ्याक्सले दिने खोप आउनुअघि नै एक प्रतिशत जनसंख्यालाई खोप लगाउन सक्षम हुन भयौं। यो अन्य देशको तुलनामा राम्रो प्रगति हो’, डा. उप्रेतीले भने।सरकारको आफ्नै व्यवस्थापकीय तयारीका कारण कोभिडविरुद्ध खोप अभियानमा नेपाल विश्वका थुप्रै धनी तथा विकसित देशभन्दा अघि आउन सफल भएको उनले बताए।  

नेपालले खोप किन्न सुरुमै बजेट तयारी अवस्थामा राख्नु, छिमेकी राष्ट्रहरूसँग पहल गर्नु, खोप उत्पादक कम्पनीसित पहल गर्न सफल हुनुलगायतले अभियान प्रभावकारी ढंगले सुरु भएको उनको भनाइ छ। ‘सीधै खोप किन्न बाधा बनेको कानुनी बाटो खोल्ने, बजेट निकासा गर्नेजस्ता काममा हामीले एकपछि अर्को निर्णय छिटोछिटो गर्दै गयौं’, उनले भने। नेपालले कोभिड १९ विरुद्धको खोप खरिदका लागि ४८ अर्ब बजेट तयारी अवस्थामा राखेको छ। यसमध्येबाट भारतबाट करिब ९३ करोडको खोप खरिद गरिसकिएको छ। नेपाल सरकारले असारअघि नै २० प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ। नागरिक दैनिकमा छ ।