१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

‘रङ्गेली’मा ‘जुनकिरी’को दह्रो उपस्थिति छ: मिरुना मगर

‘रङ्गेली’मा ‘जुनकिरी’को दह्रो उपस्थिति छ: मिरुना मगर
अ अ+ अ-

काठमाडौं। अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’चरित्रमा देखिँदै छिन् । मिरुनाको भनाइमा उनले निभाएको यो चरित्र उनको चलचित्र करियरकै अहिलेसम्मको फरक चरित्र हो । उनलाई यो चलचित्रमा थारु गेटअपमा दर्शकले हेर्न पाउनेछन् ।

जुनकिरी चरित्रमा अभिनय गरिरहँदा मिरुनाले समाजका धेरै पात्रहरूको प्रतिनिधित्व गरेको अनुभव भएको स्मरण गर्छिन् । ‘जुनकिरी एकदमै स्वतन्त्र र आफ्नै बाटोमा हिँडिरहेकी पात्र हो । यस चलचित्रका खलपात्रहरु जो ‘ब्ल्याक एण्ड ह्वाइट’ नभईकन ‘ग्रे’जोनका छन्, उनीहरूको यात्रामा उसले आफैलाई एकदमै कठोर तरिकाले डिल गर्छिन् त ? यो चलचित्रमा हेर्न पाइन्छ’, मिरुना भन्छिन् ।

स्क्रिप्ट पढ्दा देखि नै जुनकिरीको चरित्र विकासमा ध्यान दिएको उनी बताउँछिन् । ‘मैले आफैँले पात्र चित्रण गर्दा समाजमै भएको पात्रहरूलाई हेरेर उनीहरूको यात्रा, भावना र भोगाइलाई वास्तविक हिसाबले हेरेर त्यसलाई चलचित्रमा देखिने प्रयास गरेकी छ’, मिरुना भन्छिन्, ‘रङ्गेलीमा प्रमुख पात्रहरू विजय (दयाहाङ राई ), भगवान् दादा (अर्पण थापा), माने (प्रवीण खतिवडा) र यादव (रुपेश झा) मेरो जीवनमा जोडिने चरित्रहरू हुन् ।’

उनले यस चलचित्रमा जुनकिरीको सम्बन्ध अन्य चरित्रसँग ‘चाखलाग्दो’ र ‘जटिल’ मान्छिन् । ‘उहाँहरू सबैसँगको जुनकिरीको यात्रा चाहिँ एकदमै जटिल छ । उनीहरूको यात्रासँग जोडिँदा दर्शकमा अब के हुन्छ, कता कता जान्छ, कसरी यस्तो हुन्छ भन्ने कौतुहलता सिर्जना गर्छ’, उनको बुझाई छ । उनले प्राय: चलचित्रमा महिला कलाकारलाई प्रेमको पात्रको रूपमा मात्र चित्रण गरिने भएता पनि यो चलचित्रमा आफ्नो चरित्र प्रेम भन्दा माथि रहेको बताइन् ।

चलचित्रका हरेक दृश्यमा उनलाई उत्तिकै चुनौती भइरहेको थियो । चलचित्रमा देखिने आफ्ना भावुक दृश्यअघि अन्य पात्रको भावना बुझ्न आफूलाई निकै गाह्रो भएको उनको कथन छ । ‘पात्रसँगको सम्बन्ध र त्यो पात्रसँग कथाभित्र के पाउन खोजिएको छ, त्यो कुरा बुझ्न र कथाका विकास गर्न केही समय लाग्यो । जुनकिरी चरित्र निर्वाह गर्दा आफ्ना भावनाहरू आफूभित्र नभोगेका कुराहरू नहुन पनि सक्थ्यो, त्यो भावना बाहिर निकाल्न मलाई अलिक गाह्रो भयो’, उनी भन्छिन्, ‘मैले वास्तविक जीवनमा त्यो अवस्था भोगेको छैन, तर मेरो चरित्रले भोगेको छ । मैले नदेखेको कुरा ल्याउनुपर्दा चाहिँ आफूलाई प्रस्तुत गाह्रो भयो ।’

मिरुनाको बुझाइमा चलचित्र निर्वाह गरेको ‘जुनकिरी’ चरित्रको आयामबाट दर्शकले धेरै कुरा प्राप्त गर्छन् । ‘जनकिरी एउटा विश्वभित्र एक्लै लडिरहेकी हुन्छिन् । उसले आफ्नो जीवन अगाडि बढाइरहँदा आउने उतार चढावले जुनकिरीमाथि चुनौती थप्छ’, मिरुना थप्छिन्, ‘त्यो चुनौतीलाई डिल गर्दै जुनकिरी एकदमै दह्रो भएर अगाडि आउँछिन् । त्यो कुरा दर्शकले चलचित्र हेर्दा महसुस गर्नुहुनेछ ।’

उनले मानव जीवनमा र चरित्र निर्वाह गर्दा भोगेको समानान्तर अनुभव, अवस्था या देखिरहेको अवस्थालाई खोतलेर त्यहाँबाट प्राप्त भावनालाई आफ्नो चरित्रमा देखाउने प्रयास गरेको खुलाइन् । ‘अन्य चरित्रको जस्तै जुनकिरीलाई पनि पावर चाहिन्छ । उसले पनि धोका पाउँछे । दैनिक जीवनमा पनि मान्छेसँग पावर भयो भने आफूले गर्न चाहेको कुरा गर्न पाउँछन् । यो चलचित्रकी जुनकिरी चरित्रको कुरा पनि त्यही हो । यो दृष्टिकोणबाट हेर्दा जुनकिरीलाई पनि मैले नै उसको यात्रामा त्यसरी गाइड गर्न खोजेको बुझेको छु’, मिरुना प्रस्ट्याउँछिन् ।

‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्र निभाइरहँदा समाजमा राम्रो र नराम्रो नभई ‘ग्रे’ जोनमा बसिरहेको मान्छेहरूको जीवनमा कसरी ट्वीस्ट आउँछ भन्ने कुरा आफूले ‘विजय’ र ‘भगवान् दादा’को पात्रबाट देखेको बताइन् । ‘उहाँहरू कसरी त्यहाँसम्म आइपुग्नुभयो । त्यो विन्दुसम्म समाजले उहाँहरूको आफ्नो अनुभवले कसरी गाइड गर्दै गयो भन्ने कुरा नै बुझ्ने प्रयास गरेँ जस्तो लाग्छ । खल पात्र भनेको जसरी हामीले चित्रण गरिन्छ, जसरी समाजमा बुझिन्छ, त्यो भन्दा पनि किन भयो त, कसरी त्यहाँसम्म आइपुग्नु भयो र उहाँहरूले के हिसाबमा खल पात्र मानिनुभयो भन्ने कुरा नै सुरुमा नै मैले बुझ्ने प्रयास गरेकी हु’, मिरुना भन्छिन् ।

चलचित्रमा ‘जुनकिरी’को दह्रो उपस्थिति नै चलचित्रको अर्को उल्लेख्य पक्ष रहेको मिरुनाको बुझाई छ । ‘जसरी हाम्रो समाजमा यस्तो हुनुपर्छ, यसरी गर्नुपर्छ भनेर कुराहरू आउँछ, त्यो सामाजिक विषयवस्तुलाई चरित्रले राम्रैसँग बोकेको छ । त्यो हुँदाहुँदै पनि मैले समाजसँग भन्दा पनि आफूले विश्वास गर्ने कुराहरू, मेरो मूल्य र मान्यतालाई धेरै फाइट गर्नु परेको थियो । मैले विश्वास गर्ने कुरा र जुनकिरीको जीवनमा हुने कुरा धेरै फरक छन् । त्यो विशाल बाटोमा एकदमै गहिरो तहमा नहुन सक्छ । जुनकिरीको यति धेरै छ कि ती सबै खोल्न पनि मिल्दैन । तर चलचित्र हेर्दा समाजमा हुने घटनाको र समाजमा हुने पात्रहरूको एउटा राम्रो उपस्थिति देखिन्छ’, मिरुनाले बताइन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो)एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।