१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख झालाई मुख्यमन्त्रीबाट स्वागत, कार्यकक्षमा राष्ट्रनिर्माताको सम्मान



अ+ अ-

जनकपुर । नवनियुक्त प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश झा लाई मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सोमबार बिहान स्बागत गर्नुभएको छ ।  प्रदेश प्रमुखको कार्यलयमा पुगि मुख्यमन्त्री राउतले झालाई स्बागत गर्नुभएको हो ।

आईतबार पदभार ग्रहण  गर्न जनकपुर पुग्नु भएकाप्रदेश प्रमुख झा लाई स्वागत नगरेको भन्दै प्रश्न उठेको थियो ।   यसै बिच प्रदेश प्रमुख झाले  कार्यालयमा पदभार ग्रहण गर्नुअघि आफनो कार्यकक्षमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहाको तस्वीर राख्नु भएको छ ।

न्यूज पोलार संग झाले भन्नुभयो ‘राष्ट्र निर्माताको तस्वीर शाक्षी राख्दै  शिरमा देश र मनमा मधेशलाई राखेर देश, जनता र संविधानलाई पहिलो प्राथमिकतामा राखेर कामकाज गर्छु ।’