१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

सीमामा एसएसबीको ज्यादती बढेको स्थानीयको गुनासो

सीमामा एसएसबीको ज्यादती बढेको स्थानीयको गुनासो
अ अ+ अ-

काठमाडौँ । पूर्वी नेपालको भारतसँग सीमा जोडिएको भेगमा बसोवास गर्दै आएका नेपालीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादती बढ्दै गएको गुनासो गरेका छन् ।

स्थानीयको धारणा बुझ्न पैदल यात्रामा निस्केको जिल्ला सुरक्षा समिति सुनसरीको टोली समक्ष सीमा क्षेत्रका नेपालीवासीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादतीबारे आवाज उठाएका हुन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहितको टोलीमा रहेका सुरक्षा निकायका प्रमुख समक्ष आफ्ना गुनासा राख्ने क्रममा सीमाका नेपालीहरुले एसएसबीको ज्यादती बारेको जानकारी गराए । सीमा क्षेत्रमा एसएसबीले नेपालीलाई गर्ने व्यवहार रुखो र अभद्र प्रकृतिको रहेको नेपाली भूमि तर्फका बासिन्दाको भोगाई छ । उनीहरुले एसएसबीले नेपालीलाई स–साना कुरामा भाटा हान्ने, कुटपिट गर्ने र अनाहकमा पक्राउ गरी दु:ख दिने जस्ता कार्य गर्दै आएको नेपाली सुरक्षा निकाय समक्ष दुखेसो पोखेका छन् ।

स्वयं हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले समेतले एसएसबीको ज्यादती बढेको भन्दै नेपाली पक्षले सोच्ने बेला आएको धारणा राखे । एसएसबीले नेपाली भूमिमा खाल्डो पारिदिने, टहरा निर्माण गर्ने, नेपालीलाई अनाहकमा दु:ख दिने जस्ता काम गर्दै आएको अन्सारीले बताउनु भयो । सीमामा एसएसबीको उपस्थितिको विषयमै प्रश्न उठाएका अन्सारीले भारतले लागुऔषध खुला रुपमा नेपाल भित्रन दिएर बालबालिकाको भविष्य अन्यौल बनाउने जस्ता कार्य गरिरहेको आरोप समेत लगाउनु भयो । उहाँले एसएसबीले चोरी तस्करी नियन्त्रणमा समेत नेपाली पक्षलाई सघाउ नगरेको भन्दै सोबारे माथिल्लो तहमै आवाज उठाउन ढिला गर्न नहुने धारणा राख्न्ुभयो । स्थानीय अताबुल अन्सारी समेतले एसएसबीको ज्यादती बढेको देख्दा नेपाली भूमि नेपालको नभई भारतकै हो की भन्ने आभाष हुन थालेको बताउनु भयो । उहाँले नेपाल सरकारले सो विषयमा ठोस कदम चाल्नुपर्ने बताउनु भयो ।

कोशी प्रदेशका नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजी समेतको उपस्थितिका बीच भारतीय सीमा सुरक्षा बल एसएसबीको कार्य शैलीको आलोचना गरेका स्थानीयले काउण्टर पार्टको बैठकमा सो विषय उठान गर्न माग समेत गरेका छन् ।

सुनसरीमा ६२ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ । सीमा सुरक्षामा दुवै देशका सुरक्षाकर्मीको तैनाथी रहँदै आएको छ । यद्यपि सीमामा रातदिनको सुरक्षा तैनाथीका बाबजुत चोरी तस्करी भने रोकिन नसकेको स्थानीयको भनाई छ ।

सीमा क्षेत्रमा स्थानीयको धारणा र दशगजा क्षेत्रको अवस्था बुझ्न तीन दिने पैदल यात्रामा निस्केका प्रजिअ जयनायारण आचार्यले स्थानीयका प्रत्यक्ष गुनासा र समस्या सम्बोधनका सवालमा सरकारको ध्यानाकर्षण गराइने बताउनु भयो ।

प्रजिअ आचार्यले पैदल यात्राको उद्येश्य सीमावासी सँगको प्रत्यक्ष भेटघाटसँगै समस्या र गुनासा सम्बोधनकालागि भएको बताउनु भयो । यात्राको क्रममा स्थलगत अनुगमनसँगै वस्तुस्थिति बारेको प्रत्यक्ष जानकारी प्राप्त हुने प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।

प्रजिअ आचार्यले एसएसबी बारेको नेपालीको धारणा र नेपाली भूमिमा भारतीय टहरा बनाइएको भन्ने जस्ता विषयसहित स्थानीयले उठाएका मुद्दा दुई देशीय सुरक्षा समितिको बैठकमा कुरा उठाउने बताउनु भयो ।