२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसी मिलानमाथि इन्टर मिलानको जित



अ+ अ-

मिलान । इन्टर मिलानले सिरी ‘ए’ मा आइतबार एसी मिलानमाथि ३–० को जित निकालेको छ । लउटारो मार्टिनेजले गरेको दुई गोलमा  इन्टर मिलानले जित हात पारेको हो । यससँगै टोलीले शीर्ष स्थानमा चार अंकको अग्रता खोलेको छ ।

इन्टरका लागि रोमेलु लुकाकुले पनि एक गोल गरे । अंकतालिकाको शीर्ष स्थानमा रहेका दुई मिलान क्लब एकआपसमा यो स्थितिमा भिडेको सन् २०११ यता यो पहिलोपल्ट हो ।

यो जितपछि इन्टरको ५३ अंक भएको छ । आइतबारकै अर्को खेलमा तेस्रो स्थानको रोमाले बेनेभेन्टोविरुद्ध गोलरहित बराबरी खेल्यो भने चौथो स्थानमा उक्लिन एटलान्टाले नेपोलीलाई ४–२ ले हरायो ।