२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व. आचार्य सुर सम्राटका रुपमा सांगीतिक क्षेत्रमा रही रहनुहुनेछ: महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्व. भक्तराज आचार्य सुर सम्राटका रुपमा परिचित रहनुभएको बताउनुभएको छ ।

सोमवार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वर सम्राट नारायणगोपाल भएझैँ सुर सम्राटको रुपमा स्व. आचार्य रहनुभएको बताउनु भयो । उहाँले स्व. आचार्यले नेपाली गीत/संगीतमा दिनुभएको योगदान, भाव, प्रभाव सदैव जीवित रहने बताउनु भयो । उहाँले भौतिक रुपमा नेपालीबाट टाढा भएपनि भावनात्मक र सांगीतिक क्षेत्रमा सधैँ नेपाली माझ नै रही रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वर सम्राट नारायण गोपाल हुनुहुन्छ भने सुर सम्राट भक्तराज आचार्य हो । उहाँका सुरहरु र त्यसले चयन गरेका शब्द, त्यसको भाव त्यसले दिएको प्रभाव हामी सदैव सम्मिmरहन्छौँ । उहाँ भौतिक रुपमा जानुभयो होला, भावनात्मक रुपमा संगीतमा उहाँ सदैव जीवित हुनुहुन्छ । यो एउटा स्वर्णिम अध्यायको रुपमा नेपाली संगीत प्रेमीहरुको बीचमा, नेपालीहरुको बीचमा सधैँ अमर रही रहनुहुनेछ ।’

महामन्त्री शर्माले आचार्य सांगीतिक क्षेत्रमा स्वर्णिम अध्यायको रुपमा नेपाली संगीत प्रेमीहरुको बीचमा, नेपालीहरुको बीचमा सधैँ अमर रही रहने बताउनु भयो ।