• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

राष्ट्रिय सभा अध्यक्ष पद छोड्नु हुँदैन: माओवादी केन्द्रका नेताहरु



काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन् ।

मंगलवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा बारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन् । राष्ट्रिय सभा अध्यक्ष नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका छ । तर माओवादी स्थायी कमिटीका नेताहरुले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । त्यसैगरी बैठकमा पार्टी नेताहरुको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ । प्रवक्ता सापकोटाकाअनुसार बैठकमा काँग्रेस महासमिति बैठक प्रश्तुत गठबन्धनसम्बन्धि धारणाका बारेमा पनि नेताहरुले प्रतिक्रिया दिनु भएको थियो ।

प्रवक्ता सापकोटाले भन्नुभयो, ‘हामीले प्रश्तुत सबै एजेण्डाहरुको बारेमा वृहत छलफल गर्‍यौं । तर फेरि त्यो निष्कर्षमा पुगिसकेको छैन । निर्णय भइसकेको छैन । छलफलको विषय तिनै हुन्, जो मैले पहिलेनै प्रश्तुत गरिसकेको छु । सबभन्दा मुख्य चाहीँ कार्य विभाजनको विषय थियो । पार्टी अभियान सञ्चालन र त्यस्तै गरेर आगामी योजनाका बारेमा आज वर्तमान राष्ट्रिय परिस्थितिबारे पनि अलिबढि छलफल भयो । यसमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र त्यस सम्बन्धमा चाहीँ अन्तिम निर्णय भोलि हुन्छ । अधिकांशले चाहीँ राष्ट्रिय सभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ । हालै सम्पन्न नेपाली काँग्रेस महासमिति बैठकमा चलेको चर्चाहरुको बारेमा पनि छलफल भयो ।’

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधवार) पनि बोलाइएको छ । —न्युज एजेन्सी नेपाल