१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आज कञ्चनपुर तर्फ यात्रा रहेको छ । 

प्रधानमन्त्री ओली कञ्चनपुरको बेदकोट नगरपालिका-२ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न जान लाग्नु भएको हो । प्रधानमन्त्री ओली आज (सोमबार) दिउँसो श्री एअरलाइन्स जहाजबाट जानु हुनेछ । 

आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री ओली सोमबार कञ्चनपुर आउने बारे जानकारी दिनु भएको थियो । दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओलीको स्वागतको लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।