• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

नेकपा एसले तनहुँमा पार्टी जागरण अभियान चलाउने



दमौली । नेकपा (एकीकृत समाजवादी) तनहुँले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको सोमबार दमौलीमा सम्पन्न दशौँ पूर्ण बैठकले आगामी चैतदेखि दुई महिना पार्टी जागरण अभियान चलाउने निर्णय गरेको हो ।

पार्टीका कार्यकर्तालाई सङ्गठित गर्दै पार्टीलाई बलियो बनाउन जागरण अभियान चलाउने निर्णय भएको प्रचार विभाग प्रमुख गजिन्द्रराज पन्थले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जागरण अभियानका क्रममा जिल्लाका ८५ वटै वडामा पुगेर विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । यसले पार्टीलाई चलायमान र पार्टी कार्यकर्तालाई एकढिक्का बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।”

बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङले देशको वर्तमान राजनीतिक अवस्था र पार्टीको सिद्धान्तका बारेमा प्रष्ट पार्नुभएको थियो । वर्तमान गठबन्धनलाई बलियो बनाउँदै सरकारका गतिविधिलाई जनउत्तरदायी बनाउन पार्टीले केन्द्रमा भूमिका खेलिरहेको उहाँको भनाइ थियो ।

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा तनहुँ इन्चार्ज विद्यानाथ ढकाल, केन्द्रीय सदस्य कलिला खानले अहिलेको गठबन्धनलाई बलियो बनाएर लैजानुको विकल्प नभएको चर्चा गर्नुभयो ।