२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहाँ चुक्यो सुरक्षा संयन्त्र ? गल्ती कसको ?



अ+ अ-

काठमाडौंको बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सोमबार अनौठो दृश्य देखियो । चारैतिर सुरक्षा घेरा भएको, संसद् सचिवालयको प्रवेश पासविना प्रवेश नै गर्न नपाइने, पास लिएर पनि दुई ठाउँमा सुरक्षा जाँच गराएर मात्र भित्र जान सकिने ठाउँमा नाराबाजी भयो । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक चलिरहेका बेला संसद् बाहिर देखिएको यो दृश्य नेपालका सन्दर्भमा दुर्लभ नै थियो ।

दुवै सदनका बैठक चलिरहेका बेला लघुवित्तका ४९ जना ऋण नाराबारी गर्दै संसद् भवन परिसरमा प्रवेश गरे । सुरक्षाकर्मीलाई पन्छाउँदै भित्र पसेका उनीहरुलाई मर्यादापालक आएर रोके । तर लघुवित्तपीडितले नाराबाजी गर्दै संसद् भवनतिर औंला ठड्याइरहे । भलै यो घटनाको केही क्षणमै प्रहरीले त्यहाँबाट पक्राउ परेर उनीहरुलाई लग्यो । तर यो घटनाले हाम्रो संसद्को सुरक्षा कति कमजोर छ भन्ने छताछुल्ल पार्‍यो ।

संसदमा प्रवेश गर्न आमनागरिकलाई त्यति सहज छैन । कडा सुरक्षा घेरामा बस्छ संसद् बैठक । कसैलाई भित्र जान परे लामो प्रक्रिया पूरा गर्नुपर्छ । सर्वसाधारणको पहुँचभन्दा बाहिर नै छ भन्दा फरक पर्दैन संसद् भवन । तर यस्तो कडा सुरक्षाकाबीच कसरी पुगे लघुवित्तपीडितहरु नाराबाजी गर्दै ? यो प्रश्न चाहिँ गम्भीर छ ।

चारैतिर सुरक्षा पोष्ट राखिएको संसद् भवन प्रवेश गर्ने तीन वटा मुख्य ढोका छन् । एउटाबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीले मात्र आवतजावत गर्छन् । अर्को एउटा गेट सांसदसहित संसद् सचिवालयले उपलब्ध गराएको प्रवेश पास भएका व्यक्तिले प्रयोग गर्छन् । त्यस्तै अर्को गेट सांसद र पास उपलब्ध भएका सञ्चारकर्मीले प्रयोग गर्छन् । पास उपलब्ध भएकाहरुलाई पनि भित्र प्रवेश गर्न दुई ठाउँमा सुरक्षा जाँच हुन्छ । तर लघुवित्त पीडित न पास न त सुरक्षा जाँच सिधै प्रवेश गरे । त्यो पनि निषेधित क्षेत्र घोषित ठाउँबाट ।

सरकारले बानेश्वर, बबरमहलदेखि सिंहदरबार वरिपरीको क्षेत्रलाई निषेधित घोषणा गरेको छ । यो ठाउँमा नाराबाजी र प्रदर्शन त परै जाओस् पाँच जनाभन्दा बढी भेला हुन पनि निषेध छ । तर ४९ जना लघुवित्तपीडित कसरी यस्तो संसवेदनशील स्थानमा भित्र पसे ? सुरक्षा निकायले यसबारे किन पहिल्यै थाहा पाउन सकेन । हाम्रा गुप्तचरी निकाय फेल भएका हुन् ? किन उनीहरुले यसबारे सुइँकोसम्म पाएनन् ?

संसद्को सुरक्षा जिम्मेवारी गृह मन्त्रालयको छ । घटनालगत्तै गृहमन्त्री नारायणकाली श्रेष्ठले सुरक्षा प्रम्ुखहरुसँग आकस्मिक बैठक गरे । प्रहरी प्रधान कार्यालयले संघीय संसद्को सुरक्षामा खटिएका ३२ जनाको टोली फिर्ता गर्‍यो । घटनाबारे छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन पनि भयो । अब यो समितिले छानबिन गरेर सुझाव मात्र दिन्छ कि सुरक्षा संयन्त्रबाट भएको गल्ती पनि पहिल्याउँछ ? प्रश्न यहाँ पनि छ ।