२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य



अ+ अ-

काठमाडौं । नेपाली गीतसङ्गीत क्षेत्रका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि मेडिसीटी अस्पताल पुर्याइएको थियो । तर, लगत्तै चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए ।

भजन शिरोमणि आचार्य लामो समययता बिरामी थिए । भजन शिरोमणिको उपनामले पनि परिचित उनी वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका थिए ।

नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।

उनका दुई छोराहरू सत्य र स्वरूपराज पनि गायक हुन् ।