२७ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर समझदारीपत्रमा हस्ताक्षर जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे पाँच हजार मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छ: गृहमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडतहरुलाई न्याय दिने काम भइरहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले साढे पाँच हजार मिटरब्याजी पीडितहरुलाई न्याय दिने काम भइरहेको बताउनुभएको हो । उहाँले तत्कालिन आयोगमा आएका उजुरीहरुलाई मन्त्रिपरिषद्ले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपील गर्ने बताउनु भयो । उहाँले प्रहरीले पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्ने उहाँको भनाई छ । त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने उहाँले बताउनु भयो । उहाँले पीडितलाई हर हालतमा न्याय दिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले साढे पाँच हजार जति मिटरब्याजी पीडितहरुलाई न्याय दिने काम भइराखेको छ । तर के बुझ्नुपर्छ भने यो सामन्तवादको शोषणको अत्यन्त निकृष्ट अभिव्यक्ति हो र यो हामीले ठूलो मेहनत गरेर मात्रै यसलाई समाधान गर्न सकिन्छ । त्यसको निम्ति अहिले हामीसँग कानून छ । बाँकी रहेका सबै उजुरीहरुलाई हामीले सरकारको मन्त्रिपरिषद्बाट निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ । जिल्ला प्रहरी कार्यालयले अब स्वेच्छिक मेलमिलापको निम्ति अपील गर्छ । पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्छ । त्यो भएन भने थप अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान गरेर फेरि अभियोजनको प्रक्रियामा लैजान्छ । यो प्रक्रियामा हामी छौँ । त्यसकारण पीडितलाई न्याय त हामी हर, हालतमा दिन्छौँ । म सबैलाई अपील गर्न चाहन्छु पीडितलाई न्याय दिलाउने दिशातिर लागौँ । हर हालतमा पीडितलाई मुक्त गर्ने दिशातिर रहौँ । पीडितको नाममा खेल खेल्ने काम नगरौँ ।’

उहाँले पीडितलाई न्याय दिलाउन सबै लाग्नुपर्ने बताउनु भयो । उहाँले पीडितको नाममा खेल नखेल्न आग्रह समेत गर्नुभयो ।