२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनामा मन्त्री ज्वालाको कमजोरी देखिए आधा सेकेण्डभित्रमा राजीनामा गर्नुहुन्छ: सांसद चौधरी



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद चौधरीले बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको हो । उहाँले सो प्रतिवेदन सांसदहरुले पढ्न पाउनुपर्ने बताउनु भयो । उहाँले प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको कमजोरी देखिएमा मन्त्री ज्वालाले आधा सेकेण्डमा राजीनामा दिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो तुरुन्तै सार्वजनिक गर्नुस् । हामी सांसदहरुले पनि अध्ययन गर्न पाउँ । यदी प्रकाश ज्वालाको कमजोरी देखिन्छ भने एक सेकेण्ड, आधा सेकेण्डमा राजीनामा गर्नुहुन्छ । पार्टीमा यस विषयमा छलफल भएको छैन । कमजोरी देखियो भने उहाँले आधा सेकेण्डमा उहाँ राजीनामा दिनुहुन्छ । तर त्यसको लागि सरकारले त्यो सार्वजनिक गर्नुपर्‍यो नि त ।’

उहाँले मन्त्री ज्वालाको राजीनामाको सन्दर्भमा पार्टीभित्र कुनै छलफल नभएको बताउनु भयो ।