१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

प्रतिनिधि सभा विघटनको विरोधमा विद्यार्थीले यसरी हाने जुत्ता (भिडियो सहित)

प्रतिनिधि सभा विघटनको विरोधमा विद्यार्थीले यसरी हाने जुत्ता (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीको दाविनेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिगमनलाई सांकेतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै त्यसको विरोधमा प्रचण्ड–माधव पक्षको अनेरास्ववियूले विभिन्न कार्यक्रम गर्दै आएको छ । यूनियनले सोमबार नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रतिगमनको प्रतिमा बनाई जुत्ता हान्ने कार्यक्रम गरेको हो । अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले प्रतिगमन गर्ने सबै मान्छेहरु जनताले लगाइराखेका जुत्ता हान्न लायक छन् भनि साङ्केतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आज हामीले प्रतिगमनलाई संकेत मात्रै बनाएर जुत्ता प्रहार गरेका छौँ । प्रतिगमन सच्चिएन र प्रतिगमनका मतियारहरुले यस्ता प्रकारका प्रहशन देखाउँदै जाने हो भने हामी प्रतिगमनका बास्तविक मतियारहरुलाई जुत्ता लगाउन पछि पर्दैनौँ ।’

सह–संयोजक तामाङले प्रतिगमन कुनै मूल्यमा पनि नस्वीकार्ने बताउनुभयो । संविधानको पालना, कानूनको पालना र जनमतको सम्मान गर्न प्रतिगमनका मतियारले आफ्नो पदबाट राजीनामा दिनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले ‘प्रतिगमन मुर्दावाद’, ‘प्रतिगामी केपी ओली मुर्दावाद’, ‘असंवैधानिक कु खारेज गर’, ‘प्रतिगामीहरु होसियार’ लगायतका नाराबाजी समेत गरेका थिए ।