४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम र बझाङको उपनिर्वाचन: चैत २४ मा उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले रिक्त प्रतिनिधि सभा र प्रदेशमा सभाको उपचुनावको लागि उम्मेदवारी दर्ता मिती तोकेको छ ।

आयोगले इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ तथा बझाङ प्रदेश सभा १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता तोकेको हो ।

जसको लागि आयोगले फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकेको छ । २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

यस्तै, आयोगले चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकेको छ ।

१५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।