२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरी सक्रियता



अ+ अ-

कञ्चनपुर । नदीजन्य पदार्थको अवैधरुपमा भइरहेको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले सक्रियता बढाएको छ । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा प्रहरीले नदीजन्य पदार्थको अवैधरुपमा हुने उत्खनन र चोरी निकासी रोक्नका लागि सक्रियता बढाएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार चालु आवको हालसम्म नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न १८ वटा ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

कृष्णपुर नगरपालिकाबाट चार वटा र शुक्लाफाँटा नगरपालिकाबाट १४ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उहाँले बताउनुभयो । “नदीजन्य पदार्थको अवैधरुपमा चोरी निकासीमा संलग्न रहेका कारण नियन्त्रणमा लिएका ट्र्याक्टरलाई सम्बन्धित नगरपालिका कार्यालयमा बुझाएका छौँ”, उहाँले भन्नुभयो, “प्रचलित कानुनअनुसार नगरपालिकाले ट्र्याक्टर मालिकबाट जरिवाना असुलउपर गर्दै आएको छ ।”

शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न रहने गरेका यस्ता ट्र्याक्टरबाट रु १५ हजार र कृष्णपुर नगरपालिकाले रु ५० हजारका दरले जरिवाना असुलउपर गर्दै आएको छ ।

त्यसैगरी कृष्णपुर नगरपालिकाले अवैधरुपमा नदीजन्य पदार्थ चोरीनिकासी गर्ने ट्र्याक्टरबाट रु दुई लाख र शुक्लाफाँटा नगरपालिकाले रु दुई लाख १० हजार रकम असुलउपर गरेको छ ।

कृष्णपुर नगरपालिकाले दोदा(मछेली) नदीमा हाल ठेक्का लगाई नदीजन्य पदार्थको उत्खननको काम गर्दै आएको छ । शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि हालैमात्रै ठेक्का आह्वान गरेको छ ।

नदीजन्य पदार्थ चोरीनिकासी रोक्नका लागि रातदिन निगरानी बढाउनु परेको शुक्लाफाँटा नगरपालिका– ८ का वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । वडाको धारापानी, अनौखी, गौडी, घरकुटवा र वनहरा खोलाबाट नदीजन्य पदार्थको चोरीनिकासी हुने गरेको छ । “स्थानीय बासिन्दासँग समन्वय गरी चोरीनिकारी रोक्ने कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीयको सूचनाका आधारमा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने गरेका छौँै, प्रहरीले जरिवानाका लागि नगरपालिका कार्यालयमा बुझाउने गरेको छ ।”

स्थानीय बासिन्दाका अनुसार शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि बोलपत्र आह्वान गरे पनि खोला क्षेत्रबाट आधाभन्दा बढी नदीजन्य पदार्थ चोरीनिकासी भइसकेको छ । रासस