१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

संवैधानिक आयोगको संयुक्त बैठक: सम्पर्क मन्त्रालय प्रधानमन्त्री कार्यालय

संवैधानिक आयोगको संयुक्त बैठक: सम्पर्क मन्त्रालय प्रधानमन्त्री कार्यालय
अ अ+ अ-

काठमाडौ । विभिन्न संवैधानिक आयोगको संयुक्त बैठकले संवैधानिक आयोगहरुको सम्पर्क मन्त्रालयको रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हुनुपर्ने निर्णय गरेको छ । 

सोमबार राष्ट्रिय मुस्लिम आयोगको पहलमा मानव अधिकार आयोग, महिला आयोग, आदिबासी जनजाति आयोग, दलित आयोग तथा समावेशी आयोग लगायतका विभिन्न संवैधानिक आयोगका नवनियुक्त पदाधिकारीहरुसँग परिचयात्मक एवं स्वागत कार्यक्रम गर्दै हालसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्पर्क मन्त्रालयको रुपमा रहेकोमा सोझै प्रधानमन्त्री कार्यालयमा राख्ने निर्णय भएको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संवैधानिक आयोगहरुको सम्पर्क मन्त्रालय संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राखेकोमा हामिले सोझै प्रधानमन्त्री कार्यालयमा राख्ने कुरामा निर्णय भयो ।’ त्यसैगरी आयोगहरुमा विशिष्ट श्रेणीको दरबन्दी कायम गर्नुपर्ने तथा दरबन्दी बढाउनुपर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । आयोगको कार्यालय भवन नभएको तथा स्रोत साधनको कमी भएको भन्दै एकै ठाउँमा सबै आयोगहरु राख्ने बारे गृहकार्य गर्नेपनि उहाँको भनाई छ ।

आगामी जनगणनामा सम्पूर्ण आयोगहरुले आफ्नो समुदायमा बढीभन्दा बढी प्रचार र चेतना फैलाउने निर्णय भएको पनि उहाँले बताउनुभयो । भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउने विषयमा राम्रोसँग छानविन गरी बास्तविक भूमिहिनलाई नै उपलब्ध गराउन आयोगहरुले सहयोग गर्ने निर्णय गरेको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो ।