काठमाडौं । विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
एमाले सांसदहरुले आ-आफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
उनीहरुले सरकारले सभामुखको रुलिङलाई बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ नदिएको र राजीनामा नआएको भन्दै नाराबाजि गरेका थिए ।