• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   जितले मात्रै आरसीबीलाई प्लेअफमा पुर्‍याउँदैन, ‘डु प्लेसिस ग्याङ’लाई भाग्यको साथ चाहिन्छ ★   अशोक राई नेतृत्वको जसपा सरकारमा जाने, यी ३ बन्नेछन् मन्त्री ★   पर्यटक तान्दै मोटरबोट ★   सरकारको स्थीरतामा कुनै समस्या छैन,अहिलेको समीकरण पूरै कार्यकाल जान्छ: प्रधानमन्त्री ★   आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना: विभाग ★   गर्मी छल्न नरपानी ★   सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ ★   नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध ★   आजको आईपीएल: प्लेअफको सम्भावना कायम गर्न गुजरातले कोलकातालाई जित्नैपर्ने ★   वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती

विवादित मन्त्रीलाई तत्काल बर्खास्त गर्नप्रतिपक्षको माग: प्रश्न उठाउँदा ओठे जवाफ दिएर उन्मुक्ति पाईदैन् : गोकुल बास्कोटा



काठमाडौं। नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विवादमा परेका ३ मन्त्रीलाई तत्काल बर्खास्त गर्न पुन: माग गर्नुभएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्री बाँस्कोटाले विभिन्न विवादमा मुछिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, संस्कृति मन्त्री सुदन किराँती र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘दिनदिनै नयाँ घटनाक्रम आइरहेका छन् । पुरा विवादका कारण स्वास्थ्यमन्त्री दिनदिनै अख्तियारमा जानु परेको छ । पद छोड्न किन यस्तो भईरहेको छ । बहादुरले गोली लुकाउँछ कायरले घडी लुकाउँछ भन्दै मन्त्री हिडिरहँछन् । सांसदहरुले प्रश्न उठाउँदा ओठे जवाफ दिएर उन्मुक्ति पाईदैन् सुशासनको मानक यो हुन सक्दैन । सरकार किसानको पक्षमा कहिले उभिन्छ ? ’ ।

उहाले भन्नुभयो, ’प्रतिपक्षलाई दोष देखाएर गठबन्धनको झण्डा हल्याएर मुलुकमा सुशासन आउछ रु सभामुखबाट स्पष्ट रुलिङ चाहिन्छ। हाम्रो आन्दोलन जारी छ । अब कुराको सुन्दरता होइन । व्यवहारको प्रष्टता चाहियो । एक्सन चाहियो। उहाँले ती मन्त्रीलाई हटाउनुपर्छ । सरकार नाजवाफ बस्न मिल्दैन ।’