७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागरथी हत्या प्रकरणः अनुसन्धानका लागि अझै ५ दिन म्याद थप



अ+ अ-

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सार्वजनिक गरिएका किशोरमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत बैतडीले सोमबार अनुसन्धानका लागि थप ५ दिनका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

यसअघि गत बुधबार सार्वजनिक गरिएका १६ वर्षीय किशोरमाथि अनुसन्धानका लागि अदालतले ५ दिनका लागि अनुमति दिएको थियो । उक्त म्यादमा अनुसन्धानको क्रम नसकिएकाले थप ५ दिनका लागि अनुमति लिइएको हो । बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसूरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए ।

कुनै पनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ । गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लबलेक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् ।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनामा ती किशोरको संलग्नता रहेको भन्दै गत बुधबार सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेश भागरथीकै गाउँका हुन् । सार्वजनिक गरिएका किशोरले बुधबारसम्म हत्या मात्रै गरेको र बलात्कार नगरेको बताउँदै आएकोमा बिहीबार सरकारी वकिलसमक्ष बयानमा उनले बलात्कारसमेत आफैंले गरेको स्वीकारेका थिए । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।