• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

राप्रपाले सोमवार संसद अवरुद्ध गर्ने



file photo

काठमाडौँ । सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

आईतवार मिटरब्याजी पीडितहरुलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारलाई यस्तो चेतावनी दिनुभएको हो । उहाँले सरकारले संसद बस्नु भन्दा अगाडि पीडितहरुको माग सम्बोधनको लागि वार्तामा बोलाउन माग गर्नुभयो । उहाँले सरकारले मिटरब्याजी पीडितका समस्या समाधान गर्न आल्टान नगर्न आग्रह गर्नुभयो । उहाँले राप्रपाले संसदमा पनि कुरा उठाउने र कुरा नसुने संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयो । उहाँले सरकार मिटरब्याजी पीडितको समस्यालाई बाहिर राखेर बस्ने हो भने राप्रपा नेपाल आफैँ सडक आन्दोलनमा आएर साथ दिने बताउनु भयो । उहाँले जनताको समस्या समाधान गर्ने सबैभन्दा पहिलो जिम्मेवारी सरकारको भएको बताउनु भयो ।

उहाँले मिटरब्याजी समस्यामा सरकार उदासिन भएको भन्दै राप्रपा टुलुटुलु हेरेर बस्न सक्ने बताउनु भयो । उहाँले मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या भएको बताउनु भयो । अध्यक्ष लिङदेनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने अवस्थामा पुगेको दाबी गर्नुभयो । उहाँले मिटरब्याजी पीडितको न्याया मार्च र हिडाईले मात्रै सरकारको आँखा खुल्ने अवस्था नभएको बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति भनेको आम जनताको सुख दु:खमा साथ दिने भएको बताउनु भयो । अध्यक्ष लिङदेनले गरिव जनताको मुक्तिको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई मिटरब्याजी समस्या समाधान गर्न ढिला नगर्न आग्रह गर्नुभयो । उहाँले मिटर ब्याजीका समस्या तत्काल समाधान नगरे आफ्नो पार्टीले संसदमा पनि प्रदर्शन र मिटरब्याजी पीडितसँग सडकमा पनि आन्दोलन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या हो । यो समस्यामा सरकार स्वयम अग्रसर भएर सम्बोधन गरोस् भन्ने हाम्रो चाहना थियो । तर सरकार आँखा भएर पनि आँखा नदेख्ने, कान भएर पनि कान नसुन्ने अवस्थामा पुगेको छ । मिटरब्याजी पीडितको न्याया मार्च र हिडाईले मात्रै सरकारले सुन्ला जस्तो नदेखिएपछि साथ दिन राप्रपा आएको छ । अरु पार्टी के गर्छन् थाहा छैन । राप्रपा तपाईहरुको साथमा छ । यहाँ राप्रपा राजनीति गर्न आयो भन्लान् तर हामीलाई राजनीति गर्नुछैन । हाम्रो राजनीति भनेको आम जनताको सुख दु:खमा साथ दिने हो । भोलिबाट नै हाम्रो साथ तपाईहरुलाई छ । संसद रोक्न परे पनि संसद रोक्छौं । जनता रोएर सडकमा हिँड्नु परेको छ भने संसदमा सांसदहरुको भाषणको लागि किन चाहियो । सरकारलाई भन्न चाहन्छु । गरिव जनताको मुक्तीको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई भन्न चाहन्छु । ढिलो नगर्नुस् । भोलिको संसद शुरु हुनुभन्दा अगाडि आन्दोलनका मागलाई सम्बोधन गर्नुस् । नत्र राप्रपा पार्टीले संसदमा पनि प्रदर्शन गर्छ । मिटरब्याजी पीडितसँग सडकमा पनिसँगै रहन्छ । मिटरब्याजीमो मात्रै कुरा होइन । गणतन्त्र ल्याएको १० वर्षमा मुलुकको न्याया प्रणाली कहाँ छ भन्ने तस्बिर हो ।’

उहाँले गणतन्त्र ल्याएको १० वर्षमा मुलुकको न्याय प्रणालीबारे प्रश्न गर्नुभयो ।