९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

आईसीसीले लगायो श्रीलंकाका कप्तान हसरंगालाई २ खेलको प्रतिबन्ध

आईसीसीले लगायो श्रीलंकाका कप्तान हसरंगालाई २ खेलको प्रतिबन्ध
अ अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंकाका कप्तान वानिन्दु हसरंगालाई २ खेलको प्रतिबन्ध लगाएको छ । साथै अफगानिस्तानका विकेटकिपर रहमानउल्लाह गुरबाजको पनि १५ प्रतिशत म्याच शुल्क काटिएको छ । बुधबार डम्बुलामा भएको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा दुवैले आईसीसीको आचारसंहिता उल्लंघन गरेका थिए ।

स्पिन अलराउन्डर हसरंगाले २४ महिनाभित्र ५ डिमेरिट अंक पाएपछि प्रतिबन्ध लगाइएको आईसीसीले जनाएको छ । जसमा बुधबार अफगानिस्तानसँगको खेलबाट २ डिमेरिट अंक समावेश छ । काउन्सिलले भन्यो – ‘हसरंगाको ५ डिमेरिट पोइन्ट २ निलम्बनमा परिणत भयो ।’

काउन्सिलले थप भन्यो – ‘यस प्रतिबन्धको अर्थ हसरंगालाई एक टेस्ट वा दुई एकदिवसीय वा टी–२० अन्तर्राष्ट्रिय, जुन पहिले हुन्छ त्यसको प्रतिबन्धको सामना गर्नुपर्नेछ ।’

हसरंगाले मार्चमा बंगलादेशविरुद्धको पहिलो दुई टी–२० अन्तर्राष्ट्रिय खेलमा भाग लिन पाउने छैनन् । उनी सिरिजको उत्कृष्ट खेलाडी चुनिएका थिए । अन्तिम खेलमा अफगानिस्तानले ३ रनले पराजित गरे पनि श्रीलंकाले सिरिज २–१ ले जितेको थियो ।