१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली



अ+ अ-

काठमाडौं । मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ । गृह मन्त्रालयले सह–सचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन भएको हो ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति केन्द्रीय सचिवालय सदस्य अजय कार्कीले वार्ता जाने विषयमा छलफल भईरहेको बताए ।

यसअघि मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि पत्र पठाएको थियो । तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै समितिले छलफलमा नजाने निर्णय गरेको थियो ।

पछि फेरी मन्त्रालयले समितिको नाममा पत्र पठाएपछि उनीहरु वार्ताको लागि तयार भएका हुन् । पत्रमा सह–सचिव पण्डितको नेतृत्वमा समिति बनाइएको र पीडितका तर्फबाट पनि ५ सदस्यीय टोली गठन गरेर आउन भनिएको छ ।

देशभरका मिटरब्याजी पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदलयात्रा गरेर काठमाडौँ आइपुगेका उनीहरु सिंहदरबार तथा भृकुटीमण्डप केन्द्रित आन्दोलन गरिहेका छन् ।