५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा क्लब काडिजले नेपालीमा लेख्दै माग्यो नेपालको साथ, भन्छ – नेपाल हाम्रो पछाडि छ



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल ला लिगा अन्तर्गत काडिज सिएफले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार पौने ७ बजे सुरु हुनेछ । यसैबीच काडिजले आजको खेलमा नेपाली समर्थकलाई साथ दिन अनुरोध गरेको छ ।

आफ्नो आधिकारिक फेसबुक पेजमा आजको खेलमा जित निकाल्दै तीन अंक जोड्न नेपाली परिवारको साथको आवश्यकता रहेको उल्लेख गरेको छ । पेजमा भनिएको छ – ‘आज हाम्रो लक्ष्य एक साथ हासिल गर्ने मुख्य दिन हो। हामीलाई तीन अंक हासिल गर्न नेपाल परिवारको साथ चाहिन्छ।

नेपाल हाम्रो पछाडि छ, हामी यो गर्न सक्छौं ।’

ला लिगामा काडिज रेलिगेशन जोनमा छ । २५ खेलमा १७ अंक जोडेको काडिज १८ औं स्थानमा छ । सेल्टा भिगो भने समान खेलबाट २० अंकसहित १७ औं स्थानमा छ । काडिज सेल्टालाई हराएर रेलिगेशन जोनबाट माथि उक्लन चाहन्छ ।