१ पुष २०८२, मंगलवार
,
Latest
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी रुखबाट लडेर युवकको मृत्यु प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा क्लब काडिजले नेपालीमा लेख्दै माग्यो नेपालको साथ, भन्छ – नेपाल हाम्रो पछाडि छ



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल ला लिगा अन्तर्गत काडिज सिएफले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार पौने ७ बजे सुरु हुनेछ । यसैबीच काडिजले आजको खेलमा नेपाली समर्थकलाई साथ दिन अनुरोध गरेको छ ।

आफ्नो आधिकारिक फेसबुक पेजमा आजको खेलमा जित निकाल्दै तीन अंक जोड्न नेपाली परिवारको साथको आवश्यकता रहेको उल्लेख गरेको छ । पेजमा भनिएको छ – ‘आज हाम्रो लक्ष्य एक साथ हासिल गर्ने मुख्य दिन हो। हामीलाई तीन अंक हासिल गर्न नेपाल परिवारको साथ चाहिन्छ।

नेपाल हाम्रो पछाडि छ, हामी यो गर्न सक्छौं ।’

ला लिगामा काडिज रेलिगेशन जोनमा छ । २५ खेलमा १७ अंक जोडेको काडिज १८ औं स्थानमा छ । सेल्टा भिगो भने समान खेलबाट २० अंकसहित १७ औं स्थानमा छ । काडिज सेल्टालाई हराएर रेलिगेशन जोनबाट माथि उक्लन चाहन्छ ।