७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार असफल भयो, मन्त्रीहरुले राजीनामा दिए हुन्छ: सांसद गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शुन्य भएको बताउनु भयो । उहाँले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसदलाई भेट नदिएर मन्त्रीहरु कसलाई भेट्छन् ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भएपनि प्रदेश सरकारको त्यस्तो भुमिका हुन नसकेको बताउनु भयो । उहाँले यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै प्रदेश संरचनाको कारण झनै अपm्ठ्यारो परेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पटक पटक मन्त्रालयमा मन्त्री भेट्न आउँछु । भेट्न समय दिनुहुन्न । सांसद, जो जनताको आवाज बोकेर आएको छ, जनताको प्रत्यक्ष मत लिएर आएको छ । सांसदलाई भेट्न पनि मन्त्रीहरुले आनाकानी गर्ने । मन्त्रीहरुले भेट्छन् चाहीँ कसलाई ? धेरै वटा मन्त्रीहरुलाई भेट्न विषयवस्तु लिएर गयो । जनताहरुका मुद्दाहरु लिएर गयो । भेट्न समय पाइदैनँ । प्रत्यक्ष निर्वाचित भएका सांसदहरुलाई भेटन्को लागि, कुरा सुन्न समय छैन भने के गरेर बस्छन् मन्त्रीहरु ? राजीनामा दिए हुन्छ । संघीय संरचनामा प्रदेश भएको हुनाले सहजीकरण हुन्छ भनेर त यो प्रदेशको संरचना ल्याइएको त होला नि । प्रदेशको संरचना भएर झन धेरै अपm्ठ्यारो । आफ्नै ठाउँको काम गर्न पनि चारतिर धाउनुपर्ने भयो । कसले गर्ने हो ? कसैको जिम्मेवारी भएन । यस्तो खालको प्रदेशको संरचना चाहिएन । सुधार्नुपर्छ । यसको मोडेलको बारेमा छलफल गर्नुपर्‍यो । यस्तो मन्त्रीहरुको काम छैन । यस्तो सरकारको काम छैन । सरकारको काम शुन्य भयो । लगभग लगभग यो सरकार असफल भयो । सरकार असफल हो काम गर्न नसक्ने भए राजीनामा दिएर गए हुन्छ ।’

उहाँले ठूला पार्टीहरु संसदमा एकले अर्कोलाई आरोपित मात्रै गरिरहेका बताउनु भयो । उहाँले वर्तमान प्रदेश संरचनालाई सुधार्नेतर्फ छलफल केन्द्रीत गर्नुपर्ने बताउनु भयो ।