१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमाथि सहज जित निकाल्दै नेदरल्यान्ड्सले लियो अघिल्लो खेलको बदला



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपाललाई ८ विकेटले पराजित गरेको हो । योसँगै यसअघिको खेलमा ९ विकेटले पराजय बेहोरेको नेदरल्यान्ड्सले आजको जितसँगै नेपाललाई बदला लिएको छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि विक्रमजित सिंह ५८ तथा सिब्रान्ड एंगलब्रेच्ट ४६ रनमा अविजित रहे । म्याक्स ओ’डोडले २८, माइकल लेभिटले ३९ रनको योगदान दिए । बलिङतर्फ नेपालका ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ७२ रनमात्रै बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै  करण केसीले २६ रन जोड्दा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले ७ र गुलशन झाले ५ रन बनाए ।

नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन/तीन  विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा भएको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा भएको हो । आजको यो खेलसँगै पहिलो शृङ्खला समाप्त भएको छ ।

४ खेल सम्पन्न हुँदा नामिबिया ३ खेलमा जितसहित ६ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ । यस्तै, २ जित निकालेको नेदरल्यान्ड्स ४ अंकसहित दोस्रो स्थानमा रहँदा १ खेलमा जित र ३ खेलमा पराजय बेहोेरेको नेपाल तेस्रो स्थानमा छ ।

लिग–२ मा आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्नेछन् भने २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ । आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन टोली विश्वकपमा सिधै छनोट भएका थिए ।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्, जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।