१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म कार्यालयको नियमित काममा छु, राजीनामा दिएको हल्ला मात्रः महान्यायाधीवक्ता अग्नि खरेल (भिडियो सहित)



अ+ अ-

काठमाडौंः महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएको भन्ने हल्ला निराधार रहेको बताउनु भएको छ । न्यूजपोलारसँग कुरा गर्दै महान्यायाधीवक्ता खरेलले कुनै स्वार्थ समूहले सुनियोजित रुपमा अस्थिरता फैल्याउन हल्ला मात्र गरेको स्पष्ट गर्नु भयो ।

उहाँले आफू महान्यायाधीवक्ताको कार्यालयमा सधैं झैं उपस्थित भएको र हाजिर गरी कार्यालयमा कार्यरत रहेको पनि बताउनुभयो । नेपालको संविधान अनुसार महान्यायाधीवक्तालाई प्रधानमन्त्रीको मुख्य कानुनी सल्लाहकारका रुपमा चिनिन्छ ।