४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा

कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा
अ+ अ-

हुम्लामा पहिलो पटक कर्णाली प्रदेशस्तरीय फुटबल लिग प्रतियोगिता हुने भएको छ ।  हुम्ला फटबल एकेडेमीको आयोजनामा आगामी चैत महिनामा हुने सो प्रतियोगिताको आवश्यक तयारी भइरहेको एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिनुभयो । जिल्लामा नयाँ दर्ता हुन चाहने तथा दर्ता भइसकेका पुराना क्लबलाई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर लिगको तयारीमा जुट्न उहाँले आग्रह गर्नुभयो । लिगमा ६ टोली मात्र समावेश गरिने हुँदा दर्ता भएका क्लबबीच नकआउट प्रतियोगिता सञ्चालन गरी त्यसबाट छनोट भएका क्लबबीच लिग प्रतियोगिता सञ्चालन गरिने बताइएको छ । 

सिमकोट । पुराना तथा नयाँ क्लबले आवश्यक प्रक्रिया पूरा गरेर यही फागुन १० देखि २५ गतेसम्म एकेडेमीको कार्यालयमा आफ्नो क्लब दर्ता गराइसक्नुपर्ने र त्यसपछि दर्ता हुन आएका क्लबलाई प्रतियोगितामा समावेश गराउन नसकिने अध्यक्ष रावतले बताउनुभयो । लिगमा प्रथम स्थान प्राप्त गर्ने क्लबले पुरस्कार स्वरुप रु ७५ हजार नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यही क्लबले प्रदेश फुटबल लिगमा भाग लिन पाउने भएका छन् ।

त्यसैगरी लिगमा द्वितीय स्थान प्राप्त गर्ने क्लबले पुरुस्कार स्वरुप रु ४० हजार नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको छ । सर्वोत्कृष्ठ गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई विशेष पुरस्कारद्वारा सम्मानित गरिने अध्यक्ष रावतले जानकारी दिनुभयो ।