७ भाद्र २०८३, आईतवार
,
Latest
राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली तनहुँमा सिँचाइ र तटबन्ध निर्माणमा जोड ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छः मन्त्री रावल रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन चम्किँदा बायर्न विजयी



अ+ अ-

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले आरबी लाइप्जिगलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन दुबै गोल ह्यारी केनले गरे । लाइप्जिगका बेन्जामिन सेस्कोले एक गोल फर्काए । खेलको ५६ औं मिनेटमा केनले पहिलो गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा सेस्कोले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको बराबरीमा ल्याए । यता, ९०+१ औं मिनेटमा केनले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै महत्वपूर्ण जित दिलाए ।

बायर्न २३ खेलबाट ५३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । लाइप्जिग ४० अंकका साथ पाँचौं स्थानमा छ ।