• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

ला लिगाः बार्सिलोनाको सहज जित, एट्लेटिकोले पुछारको अल्मेरियासँग अंक बाँड्यो



काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ४–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई फराकिलो जित दिलाउन राफिन्हा, जोआओ फेलिक्स, फ्रेंकी डी योङ र फेर्मिन लोपेजले एक–एक गोल गरे ।

बार्सिलोना २६ खेलबाट ५७ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । गेटाफे ३४ अंकसहित १० औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा अल्मेरिया र एट्लेटिको मड्रिडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । अल्मेरियाका लागि दुबै गोल लुका रोमेरोले गरेका थिए भने एट्लेटिकोका लागि एंगेल कोरीया र रोड्रीगो डी पलले गोल गरेका थिए ।

एट्लेटिको २६ खेलमा ५२ अंकसहित तालिकाको चौंथो स्थानमा छ भने अल्मेरिया ९ अंकका साथ पुछारमा छ ।