३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

यस्तो छ ल्वाङको फाइदाँहरु, तपाईको समस्याको समाधान हुनसक्छ, जान्नुहोस्

यस्तो छ ल्वाङको फाइदाँहरु, तपाईको समस्याको समाधान हुनसक्छ, जान्नुहोस्
अ+ अ-

काठमाडौं । ल्वाङको प्रयोग मसला र औषधिकारूपमा पहिलादेखि हुँदै नै आएको छ । ल्वाङमा धेरै औषधीय गुण छन् । जसले तपाईका सानातिना स्वास्थ्य समस्यामा लाभ पुर्‍याउँछ ।यस्तो रहेका छन् ल्वाङका फाइदाहरु :

१) एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने । पानी मनतातो भइसकेपछि पिउने । रुघा र ज्वरो आएको मानिसलाई फाइदा पुर्‍याउँछ ।

२) पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र खाने । केही दिनसम्म यसो गरेमा समस्याबाट राहत पाउन सकिन्छ ।

३) मुखमा घाउ भएको भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने ।

४) ८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने । यसो गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ ।

५) गर्धन दुखेको छ भने तोरीको तेलमा केही गोटा ल्वाङका पिसेर मिसाउने र गर्धनका मसाज गर्ने । दुखाइको अन्त्य हुनेछ ।

६) दाँत दुखेमा दुईतीनटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाउने । यो मिश्रण दाँतमा घस्ने । दाँत दुखाइमा राहत पाउनुहुनेछ ।

७) एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने । पानी चिसो भएपछि पिउने । यसो गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्नेछ ।

८) दुईतीनटा ल्वाङसँग एउटा सुकुमेल चपाउने । यसो गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ । एजेन्सीको सहयोगमा