१ पुष २०८२, मंगलवार
,
Latest
नेपालीको हिम्मत र साहस विश्वमै अनुपम छः सञ्चारमन्त्री खरेल पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राँची टेस्टमा भारत इंग्ल्याण्डसँग १३४ रनले पछि



अ+ अ-

एजेन्सी । राँची टेस्टको दोस्रो दिन इंग्ल्याण्डको नाममा रह्यो । इंग्ल्यान्डसँगको चौथो खेलको पहिलो इनिङ्समा भारत १३४ रनले पछि छ र उसको सात विकेट पनि खसेको छ । भारतीय टोलीले शनिबार पहिलो इनिङ्समा सात विकेट गुमाएर २१९ रन बनाएको छ ।

दोस्रो दिनको खेल समाप्त हुँदा ध्रुव जुरेल ३० र कुलदीप यादव १७ रनमा अविजित फर्किएका थिए । यी दुई खेलाडीबीच ४२ रनको अविजित साझेदारी छ ।

भारतका लागि यशस्वी जैसवाल (७३)ले अर्धशतक प्रहार गरे । इंग्ल्याण्डका लागि शोएब बसिरले ४ विकेट लिए । टम हार्टलीले २ सफलता पाए । त्यस्तै फास्ट बलर जेम्स एन्डरसनले एक विकेट लिए ।

यसअघि पहिलो इंग्ल्याण्डको टोली पहिलो इनिङ्समा ३ सय ५३ रनमा अलआउट भएको थियो । इङ्ल्यान्डका लागि जो रुट शतक (१२२) बनाएर नटआउट रहे । भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ४ विकेट लिए । पाँच खेलको शृङ्खलामा भारत अहिले २–१ ले अगाडि छ ।