८ पुष २०८२, मंगलवार
,
Latest
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा लोकप्रिय बन्दै नेपाली घ्यू



अ+ अ-

मकवानपुर। सरकारको स्वामित्वमा सञ्चालित  हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित  घ्यू  जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । 

आयोजनाका प्रमुख  नरेश जोशी अनुसार  गत वैशाख देखि माघ महिनासम्ममा ५१ हजार लिटर  घ्यू निर्यात भएको थियो । उहाँले  जापानमा नेपाली घ्यूको माग बढ्दै गएको  र एक पटकमा सात/आठ हजार  लिटर   घ्यू निर्यात  हुने गरेको छ । अहिलेसम्म सात पटक   घ्यू निर्यात भइसकेको छ । आयोजनाले दैनिक  ५०० लिटर घ्यू उत्पादन हुने गर्छ । 

हेटौँडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमीनमा विसं २०३०को वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो ।  आयोजनाबाट दैनिक २५ हजार लिटर  दुग्ध  मकवानपुर, वारा, पर्सा , सर्लाही र रौतहट  जिल्लामा  सङ्कलन भइरहेको छ ।

 ती मध्ये प्रशोधित  ६ हजार ५०० लिटर दुग्ध र १५ सय लिटर दही दैनिक बिक्रीवितरण हुने गरेको आयोजनाले जनाएको छ । आयोजनाले  दैनिक ६ हजार कृषक घरपरिवारबाट  दुग्ध खरीद गरी उनीहरुलाई मासिक रु तीन करोडदेखि रु पाँच करोडसम्म भुक्तानी गर्दै आएको छ । 

बेमौसममा रु तीन करोड र अन्य मौसममा रु पाँच करोड भुक्तानी भएको छ । आयोजनाको प्रशोधित क्षमता  प्रतिघण्टा तीन हजार लिटर दुग्ध रहेको छ । यसका साथै दही, पनीर, घ्यू, मख्खन  फ्रसमिल्क, लालमोहन, रसबरी, आइसक्रिम, प्रशोधित  क्रिम, पेडा र खुवालगायतका दुग्ध पदार्थ  उत्पादन गरी बिक्रीवितरण भइरहेको बताइएको छ ।

उत्पादित  उपरोक्त दुग्ध पदार्थ वीरगन्ज, नारायणघाट र हेटौँडाको शहरी तथा ग्रामीण बजार क्षेत्रमा बिक्री हुने गरेको र थप बजार क्षेत्र बढ्दै गएको आयोजनाले जनाएको छ ।  आयोजना अन्तर्गत सात चिस्यान केन्द्र क्रमश : चन्द्रनिगाहपुर, गरुडा ,नवलपुर , बरहथवा, हरैया, बसवरिया र सिम्रोनगढमा  रहेको छ ।

मकवानपुरलगायत अन्य जिल्लाको  दुग्ध  उत्पादक सहकारी संस्थाबाटसमेत  दुग्ध सङ्कलन  हुने गरेको  आयोजनाका अधिकृत ठाकुरदास श्रेष्ठले भन्नुभयो,“आयोजनाले आवश्यकता अनुसारको दूध खपतगरी  बढी भएको  दूध  बालाजुलगायत  अन्य आयोजनामा पठाउने गरेको छ ।”
 
आयोजनाको ६० हजार  लिटर  दूध भण्डारण  क्षमता रहेको छ । दही तीन हजार लिटर, घ्यू, मख्खन ,पनीर  उत्पादन क्षमताप्रति दिन ५०० केजी  , फेसमिल्क ,एक हजार ५०० बोतल  प्रति सिफ्ट, पेडा ३६० प्याकेट  प्रतिदिन र लालमोहन ९०० प्याकेट  प्रतिदिन उत्पादन  हुने गरेको  उहाँले जानकरी दिनुभयो ।
 
बिक्रीवितरण क्षेत्रमा तीन वितरक, २८ डिलर र १९७  बिक्री बुथमार्फत बिक्री भइरहेको छ । लकडाउनमा पनि आयोजनाले आफ्नो सेवालाई निरन्तरता दिएको थियो ।