९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

‘मिथ्या सूचनाबाट राजनीतिक उपलब्धिमाथि प्रहार’

‘मिथ्या सूचनाबाट राजनीतिक उपलब्धिमाथि प्रहार’
अ अ+ अ-

काठमाडौँ । पछिल्लो समयमा मिथ्या सूचनाबाट प्राप्त राजनीतिक उपलब्धिमाथि लगातार प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले आज यहाँ आयोजिना गरेको ‘नेपालमा सूचनाको चलखेल र लोकतन्त्र’ विषयक कार्यक्रममा सरोकारवालाले पछिल्ला समय गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्न खोजिएको बताएका छन् ।

कार्यक्रममा ‘सूचना चलखेल नियन्त्रणमा राजनीतिक दलहरुको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले गलत सूचनाका माध्यमबाट लोकतन्त्र र लोकतान्त्रिक नेतृत्वविरुद्ध निरन्तर प्रहार हुन थालेको बताउनुभयो । सूचनामा चलखेल नियन्त्रण गर्न राजनीतिक दलको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले दलका कार्यकर्ता तथा शुभेच्छुकको ‘डिजिटल’ ज्ञान बढाउने तथा सामाजिक सञ्जाल सञ्चालनको आचारसंहिता जारी गरी सोहीअनुसार प्रयोग गर्न कार्यकर्ता र समर्थकलाई आग्रह गर्नुपर्ने बताउनुभयो ।

लोकतन्त्रले परिणाम दिन सक्दैन भन्ने भाष्य स्थापित गरेर दलहरुलगायत लोकतन्त्रका प्रमुख आधारस्तम्भ कमजोर भएका अवस्था र आमनागरिकमा व्याप्त निरासाको मौकामा केही तत्वले यिनै पक्षलाई उचालेर लोकतन्त्रमाथि प्रहार गर्न सक्नेतर्फ पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले सचेत गराउनुभयो ।

“देशमा नैरश्यता किन बढ्यो र देशको राजनीतिक संवेदशनीलता कहाँ र के कस्ता छन्, त्यसको नियमित लेखाजोखा गरेर त्यसलाई सम्बोधन गर्ने साझा रणनीति बनाउनुपर्छ”, दलहरुको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो, “सबैले तत्कालीन स्वार्थभन्दा माथि उठेर आ–आफ्ना तहबाट के गर्न सकिन्छ गरौँ, विद्यमान निराशाको बादल तोडेर सकारात्मक बाटो देखाउँदै आशा जगाउन सकौँ ।”

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा आएका मिथ्या सूचनामा भर पर्न नहुनेमा जोड दिँदै मिथ्या सूचनाको संवेदनशीलताका बारेमा विद्यालय तहबाटै सचेत बनाउनुपर्ने बताउनुभयो । “विद्यालय, समुदाय र परिवार नै बढ्ता जिम्मेवार हुनुपर्छ, कस्ता सूचना ग्रहण गर्ने, कस्ता सूचना बहिष्कार गर्ने भनी जानकार र जागरुक हुनुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालले लोकतन्त्रको विकासमा सहयोग गर्नुपर्छ भन्दै यसमा सरोकारवालाबीच घनिष्ठ सहकार्यको आवश्यकता औँल्याउनुभयो । “गलत सूचनाले विभिन्न समस्या सृजना गरेका छन्, सामाजिक सञ्जालले ल्याएका चुनौती समाना गर्न सबै तयार हुनुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गलत सूचनाको चलखेल रोक्न राजनीतिक दल, सञ्चारमाध्यम र सामाजिक अभियान्ताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “मिथ्या सूचनाविरुद्ध सिङ्गो समाज एक ठाउँमा उभिनुपर्छ, यसलाई बेलैमा नियन्त्रण नगर्ने हो भने लोकतन्त्र हाम्रो हातबाट बाहिर जान सक्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भ्रमपूर्ण सूचनाले सिङ्गो समाजलाई नै प्रभावित तुल्याएको उल्लेख गर्दै यसविरुद्ध एक भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको थियो । रासस