• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

लेभरकुसेनले तोड्यो बायर्न म्युनिखको कीर्तिमान



काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर लेभरकुसेनले अपराजित यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा लेभरकुसेनले माइन्जलाई २–१ गोलले पराजित गर्यो ।

लेभरकुसेनलाई जित दिलाउन खेलको तेस्रो मिनेटमा ग्रानिट जाकाले तथा ६८ औं मिनेटमा रोबर्ट एन्ड्रिचले गोल गरे । खेलको सातौं मिनेटमा डोमिनिक कोहरले गरेको गोल माइन्जका लागि सान्त्वना गोल भयो ।

यो जितसँगै लेभरकुसेनले बायर्न म्युनिखको कीर्तिमान समेत तोडेको छ । लेभरकुसेनले बायर्न म्युनिखको ३३ खेलको अपराजित यात्रा (सबै फम्र्याट)को कीर्तिमानलाई भङ्ग गरेको हो ।

लेभरकुसेन बुन्डेसलिगामा शीर्षस्थानमा कायम छ । उसको २३ खेलबाट ६१ अंक छ । बार्यन २२ खेलबाट ५० अंकका साथ दोस्रो स्थानमा छ । माइन्ज १५ अंकसहित १७ औं स्थानमा छ ।