१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानवादको जीत भयो –सभामुख सापकोटा (भिडियो सहित )



अ+ अ-

काठमाडौ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले जनताको जीत र संविधानवादको जीत भएको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिदै उहाँले सर्वोच्चको फैसलाले संविधानवादको जीत भएको बताउनुभएको हो ।

उहाँले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपुर्ण अंगहरुको शक्ति पृथकिकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको बताउनुभयो ।उहाँले भन्नुभयो “सर्वोच्चको आजको फैसलाले समस्त नेपाली जनताको जीत भएको छ ।

संविधानवादको जीत भएको छ र नेपाली जनतामा अदालतप्रतिको विश्वास थियो त्यो विश्वासले अर्को कोणात्मकता हासिल गरेको छ । समग्रमा भन्नुपर्दा यसले एउटा नयाँ आयाम खडा भएको छ । साथै यसले लोकतन्त्रको विकास विस्तार र सुदृढीकरणमा पनि महत्वपुर्ण भूमिका खेलेको छ । फैसलाको प्रारम्भीक अध्ययन गर्दा राज्यका महत्वपुर्ण अंगहरुको शक्ति पृथकिकरण र भूमिकाको बारेमा स्पष्ट मार्ग निर्देश गरेको छ ।

पुस ५ गतेदेखि आजको दिनसम्म बहसको विचबाट यसले संविधानको रक्षा मात्रै होइन विकास र सम्मृद्धि गर्नुको साथै कार्यान्वयन गर्नका लागि निकै राम्रो आधार खडा गरेको छ । सभामुखको हैसियतले म के भन्न चाहन्छु भने मैले सपथ लिएकै दिन संसदलाई जीवन्त र जनमुखी बनाउने भनेर संकल्प गरेको थिए । त्यो संकल्प पुरा गर्नका लागि आधारशिला खडा भएको छ ।  ”

सर्वोच्चको संवैधानिक इजालासले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासको सर्वसम्मतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको हो । फैसलामा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।